close

साओमीले ल्यायाे विश्वकै सस्तो फाइभजी स्मार्टफोन, यस्ताे छ फिचर

टेकपाना टेकपाना

मंसिर २६, २०७६ १०:५२

साओमीले ल्यायाे विश्वकै सस्तो फाइभजी स्मार्टफोन, यस्ताे छ फिचर

चीनीयाँ स्मार्टफोन कम्पनी साओमीले विश्वकै सस्तो फाइभजी स्मार्टफोन ‘के३० ५जी’ सार्वजनकि गरेको छ । कम्पनीले रेडमी ब्राण्ड अन्तर्गत बुधबार उक्त स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरेको हो ।

फ्ल्यागसिप स्मार्टफोनमा फाइभजी भित्रिरहेको बेला कम्पनीले मिड रेन्जमा फाइभजी स्मार्टफोन सार्वजनिक गरेको हो । यसको उद्देश्य मिडरेन्जका ग्राहकलाई आकर्षित गुर्न रहेको उल्लेख गरिएको छ । बुधबारमात्रै सार्वजनिक भएको के३० ५जी स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ७५६जी प्रोसेसर प्रयोग गरिएको छ ।

जसले नन–स्ट्याण्डएलोन र स्ट्याण्डएलोन दुबै फाइभजी नेटवर्क सपोर्ट गर्ने उल्लेख छ । जसको मूल्य दुई सय ८४.१ डलर अर्थात करिब ३३ हजार रुपैयाँ पर्ने छ । रेडमी के३० ५जीको मूल्यले स्मार्टफोनको बजारमा सबैलाई आश्चर्य पार्न सफल भएको छ ।

सोचेको भन्दा अतिनै कम मूल्यमा फाइभजी स्मार्टफोन उपलब्ध हुनु अन्य ब्राण्डको लागि पनि चुनौती भएको छ भने साओमीले आफ्नो ब्राण्डलाई अझ मजबुत बनाउन सफल भएको छ । अघिल्लो सातामात्रै साओमीको प्रतिस्पर्धी कम्पनी ओप्पोका उपाध्यक्ष, डब्लुयु क्युयाङले सन् २०२० को मध्यसम्म चारसय ५० डलर भन्दा कम मूल्यका फाइभजी स्मार्टफोन ग्राहकले अपेक्षा नगर्दा हुने बताएका थिए ।

उनले सन् २०२० को अन्तसम्म ३ सय डलरसम्मका स्मार्टफोन भित्रिन सक्ने तर त्यो भन्दा अघि मिड रेन्जमा फाइभजी स्मार्टफोन उपलब्ध गराउन सम्भव नहुने बताएका थिए । तर, साओमीले भने २०१९ को अन्त्यमै दुई सय ८४ डलर पर्ने फाइभजी स्मार्टफोन सार्वजनिक गर्न सफल भएको छ ।

कम्पनीले आफ्नाे लागतभन्दा तल गएर यो स्मार्टफोन उपलब्ध गराउन लागेको हुनसक्ने अनुमान गरिएको छ । यो स्मार्टफोबाट कम्पनीले आम्दानी गर्ने भन्दा पनि आफ्नो ब्राण्डलाई बलियो बनाउन तर्फ यो कदम चालेको हुनसक्ने उल्लेख ।

बुधबार यो स्मार्टफोन सार्वजनिक गरिएको भएतापनि विश्व बजारमा भने सन् २०२० जनवरीबाट मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्वालकम स्न्यापड्रयागन ७५६जी प्रोसेसर प्रयाप्त मात्रामा उपलब्ध नहुँदा बजारमा तत्कालै स्मार्टफोन उपलब्ध गराउने नसकिने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३