close

अब मन्दीरको भेटी पनि अनलाइनबाटै

टेकपाना टेकपाना

मंसिर २६, २०७६ १३:२९

अब मन्दीरको भेटी पनि अनलाइनबाटै

पछिल्लो सयम मोबाइल तथा अनलाइन बैंकिङको प्रयोग बढ्दै गएको छ । नेपालका हरेक सातािनता पसलदेखे सपिङ मल, होटेल तथा रेष्टुरेन्ट, स्कुल तथा कलेजमा अनलाईबाट पैसा तिर्न सकिन्छ । यो त अब सामान्य विषय नै भइसक्यो । अब मन्दीरको भेटी पनि अनलाईबाटै तिर्न सकिने सेवा सुरु भएको छ ।

फोन पेको क्यूआर कोडमार्फत तपाईंले भगवानको नाममा मन्दीरमा चढाउने भेटी अनलाइनबाटै तिर्न सकिने भएको छ । त्यसको सुरुवात पोखराको पाण्डवेश्वरी मन्दीबाट भएको हो । कात्तिकको अन्तिम साता उक्त मन्दीरको दान पेटीकाबाट यसको सुरुवात भएको थियो ।

मुक्तिनाथ विकास बैंकले उक्त मन्दीरलाई आफ्नो मर्चेन्ट बनाएको हो । बैंकले उक्त मन्दीरको दानपेटीकालाई मर्चेन्ट बनाउनुपुर्व कसैले पनि यो सोचेका थिएनन्, कि मन्दीरको दानपनि अनलाईनबाट तिर्न सकिन्छ । बैंकले सुरु गरेको उक्त सेवाले पछिल्लो समय चर्चा बटुल्दै गएको छ ।

यो दृष्टान्त प्रविधिमा विस्तारै पाईला चालिरहेको देश नेपालमा अनलाईन पेमेन्ट कहाँसम्म पुगेको छ भन्ने एउटा राम्रो उदाहरण बनेको छ । सामाजिक सञ्जालमा धेरैले यसको प्रशंशा समेत गरेका छन् । कतिपयले पैसा खुजुरा बनाएर, हरेक मुर्तिमा ढोग्दै हिड्नु पर्ने हिन्दुधर्मको परम्परामा यस्ता प्रविधिले काम नगर्ने भन्दै आलोचना पनि गरिरहेकै छन् ।

सामाजिक सञ्जालमा मिश्रित प्रतिकृया आएको भएतापनि यसको विस्तारले भने रफ्तार लिएको छ । सुरुमा दानमात्रै अनलाईबाट तिर्न मिल्ने बनाएको मुक्तिनाथ विकास बैंकभन्दा पनि पर गएर ई–सेवाले भेटी पनि अब अनलाइबाटै तिर्न सकिने बनाएको छ ।

यो सेवा हाल नेपालका साना ठुला २० वटा मन्दीरमा सुरु भईसकेको इ–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने बताउँछन् । त्यसमा पोखरामा रहेको तालबाराही मन्दीर, पोखराकै केदारेश्व मन्दीर, ललितपूरको लगनखेलमा रहेको बटुक भैरव मन्दीर, बाराको गढीमाइ मन्दीर, पाल्पाको शिद्धबाबा मन्दीर लगायतका स्थानमा हाल ‘स्क्यान टु पे’ सेवा सञ्चालनमा आएको छ ।

‘स्क्यान टु पे’ अर्थात कुनैपनि बैंकको मोबाईल एपमार्फत मन्दीरमा उपलब्ध गराइएको ‘क्यूआर कोड’ लाई स्क्यान गरि सहज रुपमा मन्दीको खातामा पैसा जम्मा गर्न सकिन्छ । लामिछानले भने, ‘यो सेवा विस्तारै पशुपतीनाथ मन्दीरमा पनि सुरु गर्ने तयारीमा छौँ ।

त्यसकालागि हाल छलफल भइरहेको छ । चाँडै पशुपतीमा पनि भक्तजनले आफुले चढाउने भेटी तथा दान मोबाइलबाटै दिन सक्नेछन् ।’ सेवा उपलब्ध भएको मन्दीरमा दानका साथ भेटीपनि स्क्यान गरेको भरमा मन्दीरको खातामा जम्मा जम्मा हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३