close

पुस ४ र ५ मा स्टार्टअपको मेला, ड्रोनदेखि रकेटसम्म प्रदर्शन हुने

टेकपाना टेकपाना

मंसिर २६, २०७६ २०:२१

पुस ४ र ५ मा स्टार्टअपको मेला, ड्रोनदेखि रकेटसम्म प्रदर्शन हुने

आउदो पुस ४ र ५ गते काठमाण्डौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना हुने भएको छ । स्टार्टअप कम्पनीका नयाँ उत्पादन तथा आविष्कारलाई पहिचान र प्रवर्द्धन गर्ने उदेश्यका साथ मेला हुने भएको हो ।

कार्यक्रममा ५० बढी स्टलहरु रहने आयोजक लिभिङ विथ आईसीटीले जनाएको छ । आईटी तथा इन्नोभेसनमा केन्द्रीत नयाँ कम्पनी तथा आईटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस मेलामा रोबोटको फुटबल प्रतिस्पर्धा समेत हुनेछ । नेपालीहरुले बनाएका रकेट, ड्रोन र सफ्टवेयरहरुको प्रदर्शनी देख्न सकिनेछ ।

आईटी रोजगारी सम्बन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम काठमाडौँको थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुललको मैदानमा आयोजना हुनेछ । १० हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजि (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज)मा वर्कशप सञ्चालन हुनेछ भने दाश्रो दिन स्टार्टअप तथा उद्यमशिलताको विषयमा सम्मेलन चल्नेछ ।

सहभागीलाई अनलाइन रजिष्टेशन, अवलोकन निःशूल्क

वर्कशप, सम्मेलन र रोबोट प्रतिस्पर्धामा भाग लिन अनलाइनमार्फत रजिष्टेशन गर्नुपर्ने आयोजकले जनाएको छ । तर प्रदर्शनीको अवलोकन भने निःशूल्क गरिएको छ । लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि आइसिटी अवार्ड कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

एआई सम्बन्धि कम्पनी फ्युज मेसिन मेलाको शिर्ष प्रयोजकको रुपमा रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरण,  नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन,  साइन्स टिचर्स एसोसिएसन, सीएसआईटी एसोसिएसन, टेक्नोरियो, नियर,  कनेक्ट आइपीएस, ब्रोड-वे इन्फोसिस, लगायतले मेलालाई साथ दिएका छन् ।

वर्कशप, कन्फ्रेन्समा सहभागी हुन तथा स्टल राख्न चाहने स्टार्टअप कम्पनीहरुले नेपाली स्टार्टअप वेबसाइटमा अनलाइन दर्ता गराउनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३