close

एनसेल रिचार्जमा दोश्रो साताका विजेताले पाए २ लाख

टेकपाना टेकपाना

मंसिर २७, २०७६ ७:४४

एनसेल रिचार्जमा दोश्रो साताका विजेताले पाए २ लाख

मोबाइल सेवा प्रदाय कम्पनी एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत दोश्रो साताका विजेताले जनही दुई लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । एनसेलको रिचार्जमा दुई लाख पुरस्कार पाउनेमा सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापा रहेका छन् ।

विजेता दुबै जनालाई जनही दुई लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । जसमा राउत तेस्रो हप्ताको विजयी ग्राहक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहकहरु मध्येका एक हुन् ।

गत मंसिर १ देखि एनसेलले आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ‘रिचार्जमा चमत्कार’ संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत भाग्यशाली ग्राहकले प्रत्येक साता दुई लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ पुरस्कार पाउँछन् ।

राउत र थापालाई बिहीबार एनसेल सेन्टर कुमारीपाटीमा आयोजित एक कार्यक्रम माझ नगद पुरस्कार हस्तान्तरण गरिएको हो । दोस्रो हप्ताका पाँच जना विजयी मध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको कम्पनीले जनाएको छ । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत थापा नयाँ विजयी ग्राहक बनेकी थिइन् ।

यस्तो छ, योजनामा सहभागी हुने विधी

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा एक सय वा त्यसभन्दा बढिको रिचार्ज गरी साप्ताहिक तथा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा नियमितरुपमा संचालन भईरहेको छ ।
एनसेलका ग्राहकले एक सय वा त्योभन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक एक सय बराबरको रिचार्जमा एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिजनमा हुने प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३