close

आइओएसको १३.३ अपडेट रिलिज, नयाँ के छ ?

टेकपाना टेकपाना

मंसिर २९, २०७६ १०:३१

आइओएसको १३.३ अपडेट रिलिज, नयाँ के छ ?

एप्पलका प्रयोगकर्ताले आईओएस १३.३ को अपडेट पाउन सुरु गरेका छन् । अहिले संसारभरका प्रयोगकर्ताको लागि नयाँ अपडेट उपलब्ध छ । यो अपडेटमा धेरै समस्या समाधान गर्ने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले आइफोनको सेटिङभित्र गएर जेनेरलमा क्लिक गरी सफ्टवेयर अपडेटमा गएर नयाँ भर्सन डाउनलोड गर्न सक्नेछन् ।

नयाँ अपडेटमा बालबालिकालाइ लक्षित गरी फेसटाइम वा म्यासेजमा सीमित व्यक्तिको लागि मात्रै उपलब्ध हुने फिचर राखिएको छ ।

आइफोनले खिचेको भिडियो सम्पादनको लागि पनि नयाँ फिचर राखिएको छ । यसअघिको अपडेटमा फोटो क्रप गर्दा फोटोजमा सेभ नहुने समस्या पनि समाधान गरिएको छ ।

अघिल्लो अपडेटमा जिमेलमा म्यासेज डिलिट नहुने समस्या पनि देखिएको थियो । यो समस्या पनि नयाँ अपडेटले समाधान गर्नेछ । पठाइएको म्यासेज डुप्लिकेट हुने समस्या पनि सम्बोधन भएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३