close

गुगल म्यापले संकलन गर्‍यो १ करोड माइल बाटोको तस्विरहरु

टेकपाना टेकपाना

मंसिर २९, २०७६ ११:३९

गुगल म्यापले संकलन गर्‍यो १ करोड माइल बाटोको तस्विरहरु

गुगल म्यापले संसारभरबाट १ करोड माइल स्ट्रिट भ्यू इमेजहरु संकलन गरेको छ । १ करोड माइल भनेको पृश्वीलाई ४ सय पटक फन्को मार्न सकिने दुरी हो ।

कम्पनीका अनुसार प्रयोगकर्ताले अब गुगल अर्थमा ३ करोड ६० लाख वर्ग माइल क्षेत्र बराबरको स्याटलाइट इमेज हेर्न पाउँछन् । यसले संसारको ९८ प्रतिशत क्षेत्र ओगट्ने छ ।

गुगल म्यापको साइड प्रोजेक्टको रुपमा १२ वर्ष अघि स्ट्रिट भ्यू सुरु भएको थियो । अहिले प्रयोगकर्ताले आफूले नपुगेको ठाउँ फोटोमार्फत पुग्न वा नचिनेको ठाउँ चिन्न यसको प्रयोग गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३