close

टेलिकमले यसरी ‘अण्डरग्राउण्ड’ गर्दैछ केबल तार

टेकपाना टेकपाना

मंसिर २९, २०७६ १४:२५

टेलिकमले यसरी ‘अण्डरग्राउण्ड’ गर्दैछ केबल तार

जताततै असरल्ल तारहरुहरुले कूरुप शहर काठमाडौंको परिचय जस्तै भइसकेको छ । टेलिफोन, इन्टरनेट, केबल टेलिभिजन वितरक लगायतका तारले शहरी सुन्दरता मात्रै बिगारेको छैन, आगलागी, सडक दुर्घटना जस्ता जोखिम समेत बढ्दै गएका छन् । सुरक्षा र सुन्दरता दुबै हिसावले तारको व्यवस्थापन नगरी धरै छैन । त्यसका लागि सरकारले तारलाई भुमिगत बनाउने योजना अगाडि सारेको छ ।

गत ५ कात्तिकको मन्त्रीपरिषदले नै उपत्यकामा केबल तार भूमिगत बनाउने कामको जिम्मा सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई दिने निर्णय गरिसकेको छ । त्यसका लागि टेलिकमको तयारी के छ त ? यो प्रश्न हामीले टेलिकमका प्रमुख डिल्लिराम अधिकारीलाई सोधेका छाैँ ।

सरकारकै निर्णयका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले आफूहरुसँग नेटवर्क अन्डरग्राउण्ड गर्ने, क्षेत्रसँगको सेयरिङ मोडालिटी लगायतका विषयमा विस्तृत कार्ययोजना माग गरेको अधिकारीले बताए । ‘हाम्रो टोली प्राधिकरणसँग निरन्तर संमन्वयमा रहेर यस विषयमा काम गरिरहेको छ । अहिले सहरका १५ मुख्य सडकहरुमा तार अन्डरग्राउण्ड गर्ने भनिएको छ ।,’ उनी भन्छन, ‘टेलिकमको आवश्यक त हामीलाई थाहा छ । त्यसमा निजी क्षेत्रको माग के हो ? आवश्यक्ता कति हो त्यो चाहिँ हामीलाई थाँहा छैन् ।’

यस विषयमा इन्टरनेट सेवा प्रदायकसँग छलफल भइरहेको अधिकारीको भनाई छ । त्यस आधारमा टेलिकमले नेटवर्कको डिजाइन गर्नेछ ।

‘नेटवर्क डिजाइन गर्दा कति कोरको फाइबर, कहाँ–कहाँ कसरी वितरण गर्ने, कसरी सेयरीङ गर्ने भन्ने विषयमा मोडालिटी तयार पार्ने छौ । अनि टेण्डर हुनेछ,’ उनी भन्छन् ‘मलाई लाग्छ, चाँडै निजि क्षेत्रका कम्पनीहरुले आफ्नो आवश्यकतालाई फाइनल गरेर हामीलाई खबर गर्नुहुन्छ’, अधिकारी भन्छन, ‘उहाँहरुले दिएको सुझावअनुसार नेटवर्कको विस्तृत डिजाइनमा जान्छौं ।’

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले पनि यो परियोजनालाई चाँडै कार्यान्वयनमा ल्याउन टेलिकमलाई निर्देशन दिएको छ । योजनाअनुसार पहिलो चरणमा एयरपोर्ट–तिनकुन–कलंकी सडक, एयरपोर्ट–जोरपाटी सडक, चावहिल–महाराजगञ्ज सडकमा तार भूमिगत गरिनेछ ।

त्यस्तै सिंहदरबार–बालुवाटर–सितलनिवास, सिंहदरबार–थापागाउँ–बानेश्वर, थापाथली–भैँसीपाटी–मन्त्रिनिवास र अनामनगर सडकको अव्यवस्थित तारको व्यवस्थापन हुनेछ । साथै भद्रकाली–दरबारमार्ग, गौशाला–कमलपोखरी र तिनकुने–सुर्यविनायक सडमा झुन्डिएका तारलाई जमिनमूनी व्यवस्थापन गरिनेछ ।

यसैगरी न्युरोड–बसन्तपुर, सिनामंगल–पुतली सडक र पुल्चोक–कुष्ण मन्दीर सडकमा पनि तार भूमिगत गरिनेछ । पहिलो चरणको परियोजनाका आधारमा अन्य सहायक सडकहरुमा पनि क्रमशः केबल तारको भूमिगत व्यवस्थापन गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३