close

नेपाली बजारमा मेट ३० प्रो लगायत ह्वावेका ६ उत्पादन सार्वजनिक

टेकपाना टेकपाना

मंसिर ३०, २०७६ १३:४५

नेपाली बजारमा मेट ३० प्रो लगायत ह्वावेका ६ उत्पादन सार्वजनिक

चिनियाँ मोबाइल निर्माता कम्पनी ह्वावेले नेपाली बजारमा एकै पटक ६ नयाँ उत्पादन सार्वजनकि गरेको छ । कम्पनीले आफ्नै इन्टेलिजेन्ट इकोसिस्टममा आधारित फ्ल्यागशिप स्मार्टफोन ह्वावे मेट ३० प्रो सार्वजनिक गरेको हो । यसको मूल्य एक लाख २९ हजार नौ सय रुपैयाँ राखिएको छ ।

त्यसका साथै कम्पनीले वाइ नाइन एस स्मार्टफोन, वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्री बड्स थ्री तथा फ्रिल्यान्सजस्ता वेयरेबल समेत सार्वजनिक गरेको छ । ह्वावे मोबाइल सर्भिसेजमा सञ्चालन हुने पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रोमा किरिन ९९० एसओसी रहेको छ ।

७ एनएम र ईयूभी प्रोसेसको प्रयोग भएको स्मार्टफोनमा ४० एमपी सिने क्यामरा प्रयोग भएको छ । ४० एमपी सुपरसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको वाच जीटी टूमा किरिन एआई चिपजडित गरिएको छ । ४२ एमएम कलर एमोलेड स्क्रीन रहेको उक्त वाचमा २१५ एमएएच ब्याट्री, १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोड समेत रहेका छन् ।

यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्य बारे विशेष चासो राख्नेहरूका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले बजारमा ल्याएको ब्यान्ड फोर तथा ब्यान्ड फोर ईले मुटुको धड्कन मापन गर्नुका साथै ९ वटा दैनिक इन्डोर र आउटडोर एक्सरसाइज मोड रहेका छन् ।

यसका साथै आईएफए कञ्जुमर इलेक्ट्रोनिक्स शो मा ११ वटा बेस्ट अफ आईएफए मिडिया अवार्ड जित्न सफल ह्वावे फ्रि बड्स थ्री ट्रु वायरलेस ब्लुटुथ इयरफोनहरू पनि कम्पनीले नेपाली बजारमा भित्र्याएको छ ।

ह्वावे मेट ३० प्रो सँगै सार्वजनिक गरिएको अर्को स्मार्टफोन वाइ नाइन एसमा अटो पपअप क्यामरा राखिएको छ । यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्सन हो । फोनमा अल्ट्रा वाइड एंगल, ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन समेत रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३