close

फोरके भिडियो खिच्ने ओप्पो भ्यानिला मिन्ट स्मार्टफोन नेपालमा, मूल्य ३३,५९०

टेकपाना टेकपाना

मंसिर ३०, २०७६ १६:२६

फोरके भिडियो खिच्ने ओप्पो  भ्यानिला मिन्ट स्मार्टफोन नेपालमा, मूल्य ३३,५९०

ओप्पोले ए-सिरिज अन्तर्गतको स्मार्टफोन ‘ए नाइन २०२०’ लाई नेपाली बजारमा भ्यानिला मिन्ट संस्करणको रुपमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले उक्त एडिसन सार्वजनिक गरेको हो ।

ए नाइन २०२० यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक भएको थियो । नेपाली बजारमा पाएको सफलता पश्चात कम्पनीले भ्यानिला मिन्ट रंगमा यो स्मार्टफोन सर्वाजनिक गरेको छ ।

८ जीबी र्‍याम भएको ओप्पो ए नाइन २०२० मा गेमिङ तथा मल्टिटास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ अपरेटिङ सिस्टम राखिएको छ भने यसमा एक सय २८ जीबी इन्टरनल मेमोरी (रोम) रहेको छ ।

फोनमा एफ १.८ एपर्चर सहितको ४८ एमपी लेन्स र १ सय १९ डिग्री फिल्ड अफ भ्यू दिने अल्ट्रा वाइड ८ एमपीको डबल क्यामरा रहेको छ । जसले फोरके भिडियो समेत खिच्न सकिने कम्पनीले जनाएको छ । फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ओपो एनाइन २०२० भ्यानिला मिन्ट अत्याधुनिक स्पेसिफिकेन र आकर्षक मूल्यका कारण निकै लोकप्रियता कमाउन सफल रहेको बताए । क्रिसमस र न्यू ईयर नजिकिँदै गर्दा चिसो मनोरम मौसमको मज्जा लिइरहेका हाम्रा उपभोक्तासंग खुशी साट्ने सोचका साथ हामीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेका हौँ । कम्पनीका अनुसार यसको बजार मूल्य ३३ हजार पाँच सय ९० रुपैंया राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३