close

नेपाली विद्यार्थीले बनाएको ईडीभीआर प्रविधि इम्याजिन कपको एशिया क्षेत्रिय फाइनलमा

टेकपाना टेकपाना

पुस १९, २०७६ १०:५३

नेपाली विद्यार्थीले बनाएको ईडीभीआर प्रविधि इम्याजिन कपको एशिया क्षेत्रिय फाइनलमा

दुई नेपाली विद्यार्थीले विकास गर्को ईडीभीआर प्रविधि इम्याजिन कप एशिया क्षेत्रिय फाइनलमा पुगेको छ । सयौं टिमलाई पछि पार्दै नेपाली विद्यार्थी अविनाश ज्ञवाली र उत्सव चौधरीले डिस्लेक्सियाको समस्या भएका विद्यार्थीलाई पढाइमा सघाउने गरी बनाएको ईडीभीआर प्रविधि इम्याजिन कप २०२० को फाइनलमा प्रवेश गरेको हो ।

विश्वप्रशिद्ध सफ्टवेयर निर्माता माइक्रोसफ्टले आयोजना गर्ने यस प्रतिस्पर्धामा ईडीभीआरसँगै एशियाभरबाट १० टिम फाइनलमा पुगेका छन् । आउँदो फेब्रुअरीमा सिंगापुरमा हुने एशिया क्षेत्रिय फाइनलमा सहभागीता जनाउने सबै टिमले इन्टरप्रेनर डे मा सहभागिताका साथै ग्लोबल इन्नोभेसन साइन्स एण्ड टेक्नोलोजिमा माइक्रोसफ्टको अमेरिकी विभागबाट तालिम लिने अवसर समेत पाउनेछन् ।

फाइनल विजेताले २० हजार अमेरिकी डलर तथा एजुरे क्रेडिट सहितको पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतिस्पर्धाका टप दुई टिमले अमेरिकाको वासिङटनमा हुने विश्वस्तरिय इम्याजिन कप वर्ल्ड च्याम्पियनसिपमा समेत सहभागिताको मौका पाउनेछन् ।

विश्वस्तरिय प्रतियोगिताको विजेता टिमले एक लाख अमेरिकी डलर बराबरको नगद पुरस्कार का साथै माइक्रोसफ्टका सीईओ सत्या नेड्लाबाट मेन्टरिङ लिने अवसर समेत पाउनेछ ।

नेपाली विद्यार्थीले बनाएको ईडीभीआर प्रविधिबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०