close

टिकटकमा अर्काको भिडियोमा आफ्नो अनुहार राख्न पाइने !

टेकपाना टेकपाना

पुस १९, २०७६ १७:०

टिकटकमा अर्काको भिडियोमा आफ्नो अनुहार राख्न पाइने !

छोटो अनि रमाइलो भिडियोका लागि चर्चित एप टिकटकको निर्माता कम्पनी बाइटडान्सले अरुले तयार पारेको भिडियोमा तपाईंको अनुहार राख्न दिने प्रविधि बनाएको छ । बाइट डान्सले डीपफेक प्रविधि प्रयोग गरी तयार पारेको उक्त फिचरको कोडलाई ‘फे स्वाप’ नाम दिइएको टेकक्रञ्चले उल्लेख गरेको छ ।

यो कोडमार्फत टिकटक र यसको चिनियाँ भगिनी एप डुइनले प्रयोगकर्तालाई विभिन्न कोणबाट अनुहारको बायोमेट्रिक स्क्यान गर्ने सुविधा दिने र त्यस आधारमा आफूले चाहेको भिडियो छनौट गरेर आफ्नो अनुहार जोडेर सेयर गर्न सक्नेछन् ।

डीपफेक फिचर सार्वजनिक भएको खण्डमा यसले गलत सूचना फैलाउनुको साटो नियन्त्रित रुपमा मनोरञ्जन तथा रमाइलोका लागि प्रयोग गर्न सकिनेछ । त्यसका साथै यसले अनलाइनमा हुने सबै विषयहरु विश्वसनीय नहुने प्रविधिबारेको सचेतना फैलाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यद्यपी, डिपफेक प्रविधिलाई उपभोक्ता तहसम्म लैजाने विषयलाई गोपनीयताको हिसावले समेत हेर्ने गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०