close

यस्ता छन् विश्वकै ठूलो प्रविधि प्रदर्शनीमार्फत बजारमा आउने प्रविधि

टेकपाना टेकपाना

पुस २०, २०७६ १३:४५

यस्ता छन् विश्वकै ठूलो प्रविधि प्रदर्शनीमार्फत बजारमा आउने प्रविधि

अमेरिकाको लसभेगसमा अर्को सातादेखि विश्वकै ठूलो प्रविधिसम्बन्धि प्रदर्शनी सुरु हुँदैछ । उक्त प्रदर्शनीमा स्मार्ट डिभाइस र डिजिटल सेवाको आगामी पुस्तालाई परिभाषित गर्न धेरै चर्चित कम्पनी र सयौं स्टार्टअपहरुबीच प्रतिस्पर्धा पनि हुनेछ ।

१९६७ मा सानो ग्याजेट फेयरको रुपमा सुरु भएको सीईएस अहिले चिप निर्माण, टेलिकम ग्रुप तथा कार निर्माणकर्ताहरुको उच्च प्राथमिकताको प्रदर्शनीको रुपमा विकास भइसकेको छ । २०२० को प्रदर्शनीका लागि सीईएसमा एक लाख ७० हजार दर्शकहरु आउने अपेक्षा गरिएको छ ।

जहाँ पछिल्लो पटक उत्पादन भएका नयाँ उत्पादनहरु राखिनेछ भने विभिन्न ४५ सय कम्पनीहरुको आईओटी, फाइभजी तथा अग्मेन्टेड रियालिटी (संवर्धित वास्तविकता) सम्बन्धि प्रविधिहरु राखिने बताइएको छ ।

अग्मेन्टेड रियालिटी एआर ग्लासेस

विगतका केही वर्षयता अग्मेन्टेड रियालिटी निकै उत्सुकता र आशा गरिएको विषय हो । तर यसको वास्तविक उपयोगको रुपमा एआर ग्लासेसको रुपमा आउने अपेक्षा गरिएको छ ।

यो प्रविधिले हाम्रो आँखै अगाडि नै भर्चुअल फोन स्क्रिनलाई ल्याएर स्मार्टफोनलाई विस्थापन गरिदिनसक्ने सम्भावना छ । अहिलेको समयमा यो प्रविधि निकै महंगो छ । तर बजार अनुसन्धानका आधारमा आउँदो २०२३ सम्ममा यसको बजार ३१ अर्ब अमेरिकी डलर अर्थात ३५ खर्ब रुपैयाँभन्दा बढीको हुने प्रक्षेपण गरिएको छ ।

यूएस टेलिकमका मिडिया एण्ड इन्टरटेनमेन्ट प्रमुख केभिन वेस्टकोटको भनाईलाई मान्ने हो भने फाइभजीको तिब्र इन्टरनेट स्पीडले एआर ग्लोसेसको उपयोगीता बढाउनेछ । यसको सुरुवात गेमिङबाट हुने उनको विश्लेषण छ ।

विभिन्न स्मार्ट ग्लासको बिक्री वितरण गर्दै आएको कम्पनी भूजिक्सका प्रमुख कार्यकारी पौल ट्राभर्स स्वीकार गर्छन् कि यो प्रविधि धेरै वर्षसम्म मूलधारमा आउन सक्नेछैन । तर यसको मूल्य घट्दै गएको र यो वास्तविक जीवनमा उपयोगी हुने गरी चाँडै स्थापित हुने उनको तर्क छ ।

हरेक चिज स्मार्ट हुनेछन्

पिउ रिसर्च सेन्टरको अनुसार कम्तिमा पनि एक चौथाई अमेरिकी नागरिकहरु अमेजन इको तथा गुगल होम डिभाइसजस्ता भ्वाइस एक्टिभेटेड स्मार्ट स्पिकर प्रयोग गर्छन् । तर उनीहरु अधिकांशले अलार्म सेट गर्न र म्युजिक बजाउने जस्ता सिमित कामहरु मात्रै त्यसको प्रयोग गर्छन् ।

तर भविष्यमा यो प्रविधि थप परिपक्व भएर जाने उनीहरु बताउँछन् । यो दैनिक जीवनको आवश्यकता बन्ने अनुमान गरिएको छ । वेस्टकोटले २०२० को वर्षलाई ‘स्मार्ट एभ्रीथिङ’ को सुरुवातको संज्ञा दिएका छन् ।

एटके टेलिभिजन

टेलिभिजन ठूला र राम्रा हुनुपर्छ भन्ने छैन । मानव आखाँले देखेजस्तो दृश्य देख्न मिल्ने रेजोलुसनको सुधार नै अहिलेको सबैको माग हो । यसका लागि सीईएस प्रदर्शनीमार्फत एलजी, सामसङ र चीनको टीसीएलले आफ्नो एटके टेलिभिजनरु बजारमा ल्याउँदै छन् । यसले अल्ट्रा एचडी र फोरके टिभी सेटभन्दा दोब्बर पिक्सेल रेज्युलेसनको अनुभव दिनेछ ।

एलजीले यस अघि नै आठओटा त्यस्ता टीभी फोरके केन्द्रीत हुने बताएको छ । ६५ इन्चदेखि ८८ इन्चसम्म हुने ती टेलिभिजनमा एआई प्रविधि समेत रहनेछ । यसले आईडियल पिक्चर र साउण्ड सेटिङको सुविधा दिनेछ ।
पीपी फोरसाइटका विश्लेषक पाओलो पेस्काटोरले यी नयाँ डिस्प्लेलाई ‘ड्याजलिङ’ बताएका छन् । तर, यो महंगो हुने उनको भनाई छ ।

द प्यासेन्जर इकोनोमी

सीईएस, कार प्रदर्शनका लागि पनि विश्वकै महत्वपूर्ण इभेन्ट हो । यसले अटोमोबाइल तथा प्रविधिको क्षेत्रमा भइरहेको पछिल्लो अत्याधुनिक विकास तथा अन्वेषणलाई पनि प्रदर्शनका लागि ठाउँ दिने गरेको छ ।

यो वर्ष सर्वाधिक चर्चामा रहेका ब्राण्ड तथा सप्लायर्सहरुले आफ्नोे अत्याधुनिक अन्वेषणसहितका कारहरु प्रदर्शनमा राख्ने बताएका छन् । जसमा रुसको सबैभन्दा ठूलो प्राविधिक समूह यानडेक्सले पनि आफ्नो नयाँ कार सार्वजनिक गर्नेछ । यो सेल्फ ड्राभिङ कार हुनेछ ।

जसमा कुनै पनि सेफ्टी ड्राइभरको आवश्यकता पर्ने छैन । इन्टेलको प्रक्षेपण अनुसार २०५० सम्ममा यस्ता सेल्फड्राभिङ कारहरुको बजार ७० खर्ब अमेरिकी डलरको हुनेछ । बीएमडब्ल्यूले आफ्नो एउटा इलेक्ट्रिक आईथ्री भेहिकलको इन्टेरियरलाई बुटिक होटलको स्टाइलमा सजाउने योजना बनाएको छ ।

यसबीच यातायातलाई थप परिस्कृत गर्दै चिनियाँ स्कुटर निर्माता कम्पनी सेग्वे नाइनबुटले आफ्नो स्कुटर सिट डाउन भर्सनमा प्रदर्शन गर्दैछ । २०१५ को फिल्म ‘जुरासिक वल्र्ड’ को ‘जाइरोसपेर’ बाट प्रेरित भएर बनेको एसपोड प्रति घण्टा २४ माइलको गतिमा हिड्नसक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०