close

सस्तोमा भ्वाइस र डेटा कसरी चलाउने ? यस्तो छ, टेलिकमका एमडीको टिप्स

टेकपाना टेकपाना

पुस २०, २०७६ १८:१९

सस्तोमा भ्वाइस र डेटा कसरी चलाउने ? यस्तो छ, टेलिकमका एमडीको  टिप्स

काठमाडौं ।

बजारमा विभिन्न दूरसञ्चार सेवा प्रदायक छन् । जसमा हाल नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको सेवा उपलब्ध छ । उनीहरुको भ्वाइस तथा डेटामा आ–आफ्नै दर–रेट छ । त्यस्तो नियमित दर–रेट भन्दा सस्तोमा डेटा र भ्वाइस प्रयोग गर्न सकिने गरी कम्पनीहरुले ग्राहकका लागि नयाँ–नयाँ प्याकेज तथा अफरहरु ल्याइरहेका हुन्छन् ।

तर, पनि त्यसको विषयमा पूर्ण जानकारी नहुँदा हामी प्याकेज नलिएरै महंगोमा सेवा उपभोग गरिरहेका हुन्छौं । जसको प्रतिफल कल तथा डेटामा अनावश्यक रुपमा ठूलो खर्च भइरहेको हुन्छ । टेकपानाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको कुराकानीबाट भ्वाइस र डेटा कसरी सस्तोमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा केही टिप्सहरु तयार पारेको छ ।

टेलिकमको भ्वाइस र डेटामा दुई प्रकारको सर्भिस मोडल छ । एउटा ‘पे एज यु ग्रो’ अर्थात जति भ्वाइस प्रयोग गर्‍यो त्यति नै तिर्नुपर्ने । अर्को ‘प्याक मोडल’, यसमा प्रयोगकर्ताले निश्चित शूल्क तिरेर प्याक किन्नुपर्छ । यसमा प्रयोग गरे पनि नगरे पनि पैसा जान्छ । तर, प्याक मोडलमा जाने हो भने ‘पे एज यु ग्राे’ मोडलको तुलनामा सेवा आधाभन्दा धेरै सस्तो पर्न जान्छ ।

धेरै फोनमा कुरा गर्नुपर्नेहरुका लागि रातीको लागि नाइट प्याक, दिनका लागि अनलिमिटेड प्याक र बिहानदेखि बेलुकीसम्मका लागि लिमिटेड प्याकहरु छन् । एकै पटक हप्ताभरको लागि र महिनाभरको लागि पनि प्याक लिन सकिन्छ ।

यस्तै डेटा पनि ‘पे एज यु ग्रो’ र ‘प्याक’ गरी दुबै मोडलमा उपलब्ध छन् । प्रति दिन एक जीबी प्याक, रातीका लागि अनलिमिटेड प्याक, डे प्याक, हप्ताको प्याक र महिनाको प्याक पनि टेलिकमले उपलब्ध गराएको छ । जुन एमदमै सस्तो पर्न जान्छ ।

सामान्यरुपमा भ्वाइसमा अहिले प्रिपेड टु प्रिपेडमा एक रुपैयाँ वा एक रुपैयाँ पचास पैसा पर्छ । प्याक लिदाँ १० पैसा, २० पैसा प्रति मिनेटमा कल गर्न सकिन्छ । त्यस्तै डेटा ‘पे एज यु ग्रो’ मोडलमा एक रुपैयाँ प्रति एमबी छ ।तर, प्याक खरिद गरि प्रयोग गर्दा प्रति एमबी एक पैसा, दुई पैसामै चलाउन सकिन्छ । डेटा तथा भ्वाइसको उच्चतम प्रयोग गर्ने ग्राहकलाई म प्याक लिएर सेवा प्रयोग गर्न आग्रह गर्छु ।

त्यसका लागि तपाईंहरुले कम्पनीको मोबाइल एपबाट सेवा सुचारु गर्न सक्नुहुन्छ । अथवा *१४१५# डायल गरि उपलब्ध विकल्प मध्ये आफूलाई पायक पर्ने विकल्प छनोट गर्न पनि सक्नुहुन्छ । यदि प्याक खरिद गरेर खपत गर्न सकिएन भने चाहिँ महंगो पर्न जान्छ । त्यसैले आफूलाई मिल्ने र आवश्यक पर्ने समयमा प्याक खरिद गरि प्रयोग गर्नु राम्रो हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०