close

अब ओप्पो, भिभो र साओमीका फोनमा आपसमा सजिलै फायल सेयर गर्न सकिने

टेकपाना टेकपाना

पुस २१, २०७६ १७:४७

अब ओप्पो, भिभो र साओमीका फोनमा आपसमा सजिलै फायल सेयर गर्न सकिने

अब चिनियाँ स्मार्टफोन ब्राण्ड ओपो, भिभो र साओमीका स्मार्टफोनहरु मध्ये एक ब्राण्डबाट अर्को ब्राण्डमा फाइलहरु सेयर गर्न सकिने भएको छ । तीन कम्पनीबीच सुरु यस किसिमको सहकार्यमा अन्य एण्ड्रोइड स्मार्टफोन ब्राण्डले समेत सहभागिता जनाउन सक्नेछन् ।

चर्चित तीन ओटा चिनिायाँ ब्राण्डबीचको यसकिसिमको सहकार्यसँगै प्रयोगकर्ताले तस्विर, भिडियो लगायतका फाइल इन्टरनेट बिनै आदान प्रदान गर्न सकिने भएको हो । जुन ओप्पोकाे कलरओएसमा आधारित भएर तयार पारिएको जनाइएको छ ।

ओपो, भिभो र साओमीले मोबाइल उपकरणबिच हाई स्पिड वाईफाई डिरेक्ट ट्रान्सफर प्राटोकल अन्तर्गत पियर टू पियर गठबन्धनको रुपमा यस्तो सहकार्य गरेको हुन् । जसका लागि कुनै थर्डपाटी एपकाे समेत आवश्यकता पर्ने छैन ।

तीन ओटै ब्राण्डका विश्वभर रहेका लाखौं प्रयोगकर्तालाई सहज तथा प्रयोगकर्ता मैत्री फाइल शेयरिङ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य थालिएको ओप्पोका उपाध्यक्ष तथा सफ्टवेयर इञ्जिनियरिङ बिजनेस डिभिजनका अध्यक्ष एण्डी वुले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०