close

ट्वीटमा कसले रिप्लाई दिन पाउँछ ? अब आफैं तय गर्नुहोस्

टेकपाना टेकपाना

पुस २४, २०७६ ११:५५

ट्वीटमा कसले रिप्लाई दिन पाउँछ ? अब आफैं तय गर्नुहोस्

काठमाडौं । ट्वीटरले नयाँ सुविधा थप गरेको छ । जसअनुसार प्रयोगकर्ताले आफ्नो ट्वीटमा कस–कसले रिप्लाई दिन पाउँछन् भन्ने कुरा आफैं तय गर्न सक्नेछन् ।

अमेरिकाको लसभेगसमा आयोजना भइरहेको सीईएस प्रविधि सम्मेलनमार्फत ट्वीटरले यो जानकारी दिएको हो । प्रयोगकर्ताले गरेको ट्वीटमा विभिन्न किसिमका अभद्र तथा दुर्व्यवहार जन्य रिप्लाई रोक्न यस्तो फिचर थप गरिएको उल्ल्ले गरेको छ ।

त्यसका लागि ट्वीटरले ट्वीट गर्ने क्रममा तपाईंलाई विभिन्न चार विकल्प दिनेछ । त्यसमा तपाईंले आफ्नो ट्वीटमा कस–कसले कुराकानी गर्न सक्छन् भन्ने कुरा निर्धारण गर्न सक्नुहुनेछ । त्यसमा दिएका विकल्पहरुमा एउटा सबैलाई (ग्लोबल), केवल तपाईंलाई फलो गर्ने (समूह), ट्वीटमा मेन्सन गरिएका (प्यानल), र कसैले पनि नपाउने रहेका छन् ।

यसअघि ट्वीटरले रिप्लाईमै आफुलाई असहज भएको खण्डमा त्यस्ता रिप्लाईलाई लुकाउने सकिने व्यवस्था गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०