close

गुगल एसिस्टेन्सका ५ नयाँ सुविधा, जसले तपाईंको जीवन थप सहज बनाउनेछ

टेकपाना टेकपाना

पुस २५, २०७६ ११:२१

गुगल एसिस्टेन्सका ५ नयाँ सुविधा, जसले तपाईंको जीवन थप सहज बनाउनेछ

अमेरिकाको लसभेगसमा आयोजना भइरहेको सीईएस २०२० मा गुगल एसिस्टेन्स पनि प्रदर्शनीमा छ । डिजिटल भ्वाइस एसिस्टेन्स लगायतका यी सामग्री रहेकाे गुगल एसिस्टेन्सले अबको दिनमा गुगल होम डिभाइस र मोबाइलमा गुगल एसिस्टेन्स एपको रुपमा तपाईंको घरमा राज गर्न सक्छ ।

नयाँ फिचर र त्यसमा रहेको गोपनीयताको सुविधाकै कारण गुगल स्मार्टहोमको बजारमा अमेजन भन्दा अघि बढेको छ । हाल गुगल एसिस्टेन्सका मासिक प्रयोगकर्ता ५० करोड रहेका छन् ।

एसिस्टेन्समा आएको नयाँ सुविधा, सेड्युल गर्न सकिने, डिजिटल रुपमै टिपोट गर्न सकिने सुविधा र गोपनीयता लगायतका फिचरले गुगल एसिस्टेन्सको बजार अझ थप बढ्ने आँकलन गर्न सकिन्छ । गुगलले भर्खरै सार्वजनिक गरेका केही सुविधा आउने दिनमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ ।

  • अन्य कम्पनीका स्मार्टहोम डिभाइस पनि कनेक्ट गर्न मिल्ने

गुगलले प्रयोगकर्तालाई अन्य कम्पनीले बनाएको स्मार्ट होम डिभाइसलाई पनि आफ्नो एकाउण्टमा जोड्न दिने गरी नयाँ सुविधा ल्याउँदै छ ।

  • समय तालिकामा राख्न सकिने

यदि तपाईंको घरमा गुगल एसिस्टेन्ससँग मिल्ने कुनै डिभाइस छ भने अब तपाईंले ‘सेड्युल एक्सन’ नामक नयाँ सुविधा प्रयोग गर्न सक्नुहुनेछ । जसमार्फत प्रयोगकर्ताले पहिले नै समय तय गरेर आफूलाई पायक पर्ने समयमा डिभाइस चलाउन सक्नुहुनेछ ।

  • डिजिटल पोष्ट जस्तै सूचना छोड्न सकिने

गुगलले अर्को सुविधको रुपमा ‘हाउसहोल्ड नोट’ ल्याएको छ । यसमा घरभन्दा बाहिर जानुपरेको अवस्थामा आफ जान लागेको तथा घरमा के-के काम भएको छ भनी डिजिटल रुपमै भ्वाइस म्यासेज छोडन सक्नुहुनेछ ।

  • गुगलले लामो लेख ठुलो स्वरमा पढ्नेछ

गुगल एसिस्टेन्सले अब प्रयोगकर्ताको निर्देशनमा लेख तथा समाचार पढेर सुनाउने छ । त्यो पनि ठुलो आवाजमा । यसको अर्थ तपाईंले आफ्नो काम गर्दागर्दै पनि कुनै लेख सुन्न सक्नुहुनेछ । प्रयोगकर्ताले गुगलाई निर्देशन दिएकै भरमा उसले लेख तथा रचना वाचन गर्नेछ । यदि लेख कुनै अर्कै भाषामा छ र तपाईं आफ्नो भाषामा सुन्न चाहानु हुन्छ भने पनि गुगलले आफै ट्रान्सलेट गरेर सुनाउने छ ।

  • गल्ति सच्याउने सुविधा

यदि तपाईंले अञ्जानमा गुगल एसिस्टेन्स चलाउनु भयो भने तपाईंले गुगललाई नै भनेर सच्याउन सक्नुहुनेछ । अर्को फिचरमा यदि तपाईंले गुगललाई आफ्नो मोबाइल डाटा सेभ गरिहेको छ कि छैन भनेर सोध्नु भयो भने उसले अध्ययन गरेर वास्तविकताको जानकारी दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०