close

इमेलमा सामान्यतया प्रयोग हुने यी शब्द, जो अरुलाई मन पर्दैन

टेकपाना टेकपाना

पुस २५, २०७६ १४:५१

इमेलमा सामान्यतया प्रयोग हुने यी शब्द, जो अरुलाई मन पर्दैन

हामीले २०२० सम्म आईपुग्दा अक्षरदेखि आवाज, भिडियो, विभिन्न विषयवस्तुसम्मका सञ्चार सुविधा दिने एप तथा सामाजिक सञ्जाल प्रयोग गर्यौं । तर गुगल कम्पनीको इमलले सधै‌ं सबैको भरोसाको माध्यम बन्यो ।

हालैको एउटा सर्वेक्षणले ७३ प्रतिशत मानिसहरुले आफ्नो कार्यालय प्रयोजनको कामका लागि अन्य कुनै माध्यमभन्दा इमेल मार्फत सञ्चार गर्न रुचाउने देखाएको छ । पर्कबक्स इन्साइटले १९२८ जना कर्मचारीमाथि सर्वेक्षण गरेको थियो ।

जसमा प्राप्त गरिरहने इमेलमा उनीहरुलाई सबैभन्दा धेरै के कुरा मन पर्छ र के कुरा मन पर्दैन भनेर सोधिएको थियो । सर्वेक्षणको नतिजाले देखाए अनुसार इमेलको माध्यमबाट सन्देश आदान प्रदानको क्रममा कुराकानी सकिँदै गर्दा ‘सिन्सीअर्ली’ लेखेर आउने म्यासेजलाई १२ प्रतिशतले तथा ‘होप यु आर वेल’ लाई ६ प्रतिशतले मन नपराउने गरेको पाइएको छ ।

यस्तै इमेलमाफर्त सन्देश पठाईसकेपछि जब कोही अधैर्य भएर जवाफको प्रतिक्षा गरिरहेको हुन्छ तब इमेलबाट आउने ‘एज पर माई लास्ट इमेल’ जस्ता जवाफहरुले ३३ प्रतिशत मानिसहरुलाई दिक्क लाग्ने सर्वेक्षणले देखाएको छ । यस्तै ‘पर आवर कन्भर्सेसन’ लाई भने १५ प्रतिशत मासिनहरुले नम नपराउने देखिएको छ ।

इमेलको एउटा अल्छी लाग्दो पक्ष के छ भने सर्वेक्षणले देखाए अनुसार सहभागी अधिकांश कर्मचारीहरु ५० प्रतिशतलाई प्रुफरिड अर्थात शुद्धाशुद्धी बिनाको इमेल मन नपर्ने देखिएको छ । २३ प्रतिशतलाई हस्ताक्षर बिनाको इमेल मन पर्दैन, २९ प्रतिशतलाई धेरै लामो इमेल मन नपर्ने पनि पाइएको छ ।

इमेल आफैंमा व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने हुँदा यहाँबाट कुनै माया र भावनाले भरिएको सन्देश तथा मेलहरु मान्छेले अपेक्षा गर्दैनन् । सर्वेक्षणले देखाएअनुसार ५२ प्रतिशतले धेरै उद्गार चिन्हहरु मन पराउँदैनन् ।

‘ओएमजी’ जस्तो स्ल्याङ शब्दलाई ५३ प्रतिशत र ‘लभ’ लेखिएका शब्दलाई ५७ प्रतिशतले मन नपराउने देखिएको छ । यस्तै मेलमा सम्पुर्ण शब्द तथा वाक्यका लागि ठूला अक्षर प्रयोग गर्ने बानी ६७ प्रतिशतलाई मन नपर्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०