close

युट्युबमा अब गालीगलौज र हिंसा भड्काउने कन्टेन्टमा प्रतिबन्ध

टेकपाना टेकपाना

पुस २६, २०७६ १७:५७

युट्युबमा अब गालीगलौज र हिंसा भड्काउने कन्टेन्टमा प्रतिबन्ध

युट्युबले प्रयोगकर्ताका लागी आफ्नो नीतिमा संशोधन गरेको छ । कतिपय भिडियो कन्टेन्टले हिसा भड्काउन सहयोग गरेको प्रतिक्रिया आएपछी युट्युबले आफ्नो नीति परिवर्तन गरेको हो । 

युट्युबले आफ्नो अपडेट भर्सनमा यस्तो परिवर्तन ल्याएको हो । परिवर्तित नयाँ नीति अनुसार प्रयोगकर्ताले अरुको मानहानी हुने गरि हेट स्पिच (घृणित गालिगलौच) कमेन्ट गर्न पाउने छैनन् । त्यस्तै हिंसा भडकाउने किसिमका कुनै पनि भिडियो कन्टेन्ट राख्न नपाउने युट्युबले जनाएको छ । नयाँ नीति व्यक्तिगत आक्रमण, धम्की र हिंसा तथा अप्रिय टिप्पणी प्रति कठोर रुपमा प्रस्तुत भएको छ । 

पीडा पुर्‍याउने गतिविधिले आफ्नो विचार व्यक्त गर्न तथा आपसमा अन्तरक्रिया गर्नबाट व्यक्तिहरुलाई निरुत्साहित गर्नेछ,’ युट्युवका उपाध्यक्ष म्याट हालप्रिनले लेखेका छन्, ‘यो नीति बनाउँदै गर्दा सम्पर्कमा आएका युट्युव क्रियटरबाट हामीले त्यस किसिमको समस्या थाहा पाएका थियौँ ।’

कठोर नियमका बावजुत युट्युव हरेकलाई स्वागत गर्ने माध्यमकै रुपमा रहेको छ । फरक के हुने भने यसका लागि ह्यारेसमेन्ट जस्ता विषय सह्य हुने छैनन् । जसमा व्यक्तिको लिङ्ग, वर्ण, जाती,वशेष शारिरीक अवस्था जस्ता विषयमा गरिने कमेन्ट तथा बेइज्जतिपुर्ण भाषा प्रयोगमा रोक लगाइनेछ ।

नयाँ नीतिले युट्युव क्रियटरलाई मात्र संरक्षण गर्ने छैन । यसले प्लेटफर्ममा समय व्यतित गर्ने जो कसैलाई पनि संरक्षण प्रदान गर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०