close

एनालिटिक्सको ‘अडियन्स इन्साइट’ हटाउँदै ट्वीटर

टेकपाना टेकपाना

पुस २७, २०७६ १७:३८

एनालिटिक्सको ‘अडियन्स इन्साइट’ हटाउँदै ट्वीटर

एजेन्सी । ट्वीटरले ‘ट्वीटर एनालिटिक्स’ भित्र रहेको ‘अडियन्स इन्साइट’ सेक्सन हटाउने भएको छ । यहि महिना अर्थात जनवरी ३० बाट कम्पनीले एनालिटिक्समा रहेको अडियन्स इन्साइट हटाउने भएको हो ।

सन् २०१५ बाट सञ्चालनमा ल्याइएको यो फिचर कम्पनीले बन्द गर्न लागेको हो । यसबाट प्रयोगकर्ताले आफ्नो फलोअर्स, अकाउण्टको विश्लेषण लगायतका थुप्रै जानकारी प्राप्त गर्दै आएका छन् । यसको माध्यमबाट ट्वीटर अकाउण्टको अध्ययन गर्न र विज्ञापनको योजना बनाउन सहज हुने गरेको छ ।

अब भने ट्वीटरले उक्त खण्ड नै हटाउने छ । हाल तपाईं ट्वीटरको ‘ट्वीटर एनालिटिक्स’ भित्र ‘अडियन्स इन्साइट’ मा जानु भयो भने त्यहाँ एउटा जानकारी दिइएको छ । जसमा ‘अडियन्स इन्साइट’ सेक्सन आउँदो ३० तारिक देखी हटाइने उल्लेख छ ।

कम्पनीले यो सेक्सन हटाउनु पछाडिको कारण आधिकारिक रुपमा खुलाएको भने छैन । तर, कम्पनीले केही समय अघि मात्रै ‘मिडिया स्टुडियो’ मा ‘कन्भर्सेसन इन्साइट’ सेक्सन थप गरेको थियो । कन्भर्सेसन इन्साइट थप भएसँगै एनालिटिक्सबाट अडियन्स इन्साइट हटाउने तयारी भएको हुन सक्ने आँकलन भने गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०