close

यस्तो छ सामसङले ल्याएको फ्रिंगरप्रिन्ट युक्त हार्ड ड्राइभ

टेकपाना टेकपाना

पुस २७, २०७६ १८:१९

यस्तो छ सामसङले ल्याएको फ्रिंगरप्रिन्ट युक्त हार्ड ड्राइभ

कम्पनीहरुले एक्सटर्नल हार्ड ड्राइभलाई परिमार्जित गर्दैछन् भन्दा हाम्रो अपेक्षा के हुन्छ ? पक्कैपनि त्यो थप तीब्र र अझ धेरै स्टोरेज क्षमताको साथ आउँछ भन्ने नै हो । त्यो भन्दा पनि धेरै सोच्ने हो भने हार्ड ड्राइभको बाहिरी बनावटमा केही परिवर्तन भयो होलो भन्ने हुनसक्छ ।

तर, अमेरिकामा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२०) मार्फत सामसङले हाई ड्राइभमा नयाँ प्रयोगको सुरुवात गरेको छ । सीईएस २०२० मा सामसङले टी सेभेन टच एक्सटर्नल एसएसडी टेस्ट ड्राइभ सार्वजनिक गरेको छ । जुन फिंगरप्रिन्ट सेन्सरयुक्त पोर्टेवल सोलिड टेस्ट ड्राइभ युक्त छ । यसले तपाईंका महत्वपूर्ण डकुमेन्टलाई अझ बढी सुरक्षित बनाउने अपेक्षा गर्न सकिन्छ ।

फिंगरप्रिन्टबाट अनलक गर्नु पर्ने भएकाले यो एसएसडीमा रहेका डाटा पुर्ण रुपमा सुरक्षित रहने सामसङले बताएको छ । कम्पनीका अनुसार यो आउँदो महिना भारतमा सार्वजनिक हुँदैछ ।

यदि तपाईं फ्रिंगरप्रिन्ट अप्सन नभएको कुनै ल्यापटप प्रयोग गरिरहनु भएको छ भने पनि उक्त ड्राइभमा भएको डेटालाई सुरक्षित राख्न सक्नु हुन्छ । कम्पनीका अनुसार यसले चार फरक फिंगर प्रिन्ट सर्पोट गर्छ ।

कम्पनीका अनुसार डेटा सेक्युरिटीका लागी यसमा एईएस २५६ बिट हार्डवेयर इनक्रिप्सन फिंगरप्रिन्ट दिइएको छ। साथै निलो कलरको मोसन एलइडी दिइएको छ, जुन फिंगरप्रिन्ट सेन्सरको आसपास रहेको छ ।

जब यो कुनै पीसी वा ल्यापटपसँग कनेक्ट हुन्छ, यसमा रहेको एलइडी अन हुने कम्पनीले जनाएको छ । ५८ ग्राम तौल रहेको ड्राइभमा यूएएसबी सी पोर्ट दिइएको छ । जसबाट युएसबी टाइप सी बाट यूएसबी सी तथा यूएसबी सी देखि यूएसबी ए केबल जोड्न सकिन्छ ।

एसएसडी टी सेभेन टचको रिडिङ्ग स्पीड १,०५० एमबिपिएस र राइटिङ्ग स्पीड १,००० एमबिपिएस रहेको छ । जुन कम्पनीको अघिल्लो मोडल एसएसडी टी फाइभको तुलनामा डाटा ट्रान्सफर स्पीड ५४० एमबीपीएस छिटो हो । डाटा ट्रान्सफरका लागि यसमा यूएसबी ३.२ पोर्ट दिइएको छ । यो ब्ल्याक र सिल्भर कलरमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०