close

ग्यालेक्सी बुक क्यूएलईडी ल्यापटपको सस्तो मोडेल ल्याउँदै सामसङ

टेकपाना टेकपाना

पुस २८, २०७६ ११:२१

ग्यालेक्सी बुक क्यूएलईडी ल्यापटपको सस्तो मोडेल ल्याउँदै सामसङ

एजेन्सी ।

सामसङले आफ्नो ग्यालेक्सी बुक क्यूएलईडी ल्यापटपमा नयाँ तथा सस्तो फिचर थप गरेको छ । क्यूएलईडी डिस्प्ले सहितको पातलो तथा हलुंगो १३ इन्चको ग्यालेक्सी बुक फ्लेक्स अल्फा २०२० को पहिलो ६ महिनासम्म ८३० डलरमा उपलब्ध हुनेछ । 

अहिले प्रिमियम मोडलमा परिस्कृति ग्यालेक्सी बुक फ्लेक्स र आयन क्रमशः १४०० र ११०० डलरमा उपलब्ध छन् । ग्यालेक्सी फ्लेक्स र आयन दुबै ल्यापटप सामसङको पहिलो क्यूएलईडी स्क्रिन युक्त ब्याट्रीको पावर किफायती गर्ने ल्यापटपहरु हुन् । 

आउटडोर मोडमा ६०० निट्सकाे उच्चतम ब्राइटनेसमा पनि यसले धेरै पावर सेभ गर्न सक्छ । फ्लेक्स अल्फामा पनि त्यस्तै किसिमको प्रविधि छ । अरु प्रिमियम डिभाइस जस्तै यसले पनि त्यही स्तरको ब्राइटनेसमा फूल एचडीमा देखाउन सक्छ । 

अल्फा एकदमै हलुंगो पनि छ । यसको तौल १.१९ किलो ग्राम रहेको छ । ग्यालेक्सी बुक फ्लेक्स १.१ केजीको तौलमा उपलब्ध छ । बुक आयन भने ०.९ केजीबाट सुरु हुन्छ । फ्लेक्स र आयन जस्तै फ्लेक्स अल्फामा पनि सजिलो लगइनका लागि किबोर्डमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ । यसमा सबै पोर्टहरुको राम्रोसँग व्यवस्थापन गरिएको छ ।

जहाँ दुईओटा यूएसबी ३.० ज्याक, एउटा युएसबी सी सकेट, एउटा एचडीएमआई स्लट र एउटा माइक्रो एसडीकार्ड रिडर रहेको छ । नयाँ ग्यालेक्सी बुकमा एउटा अनबोर्ड पनि रहेको छ । सामसङले मूल्य घटाउनका लागि केही फिचरहरुसँग सम्झौता पनि गर्नु परेको छ । नयाँ ल्यापटपमा ५४ वाट आवरको ब्याट्री छ । जब कि पुरानो ल्यापटपमा ६९.७ वाट घण्टाको ब्याट्री राखिएको थियो ।

फ्लेक्स अल्फाको ग्राफिक्स प्रोसेसर पनि एकदमै सिमित छ । फ्लेक्स र आयनमा १ टीबी स्टोरेजसम्म बढाउन सकिन्छ, तर फ्लेक्स अल्फामा ५१२ जीबीसम्म मात्र बढाउन सकिन्छ । र्‍याममा पनि त्यस्तै अवस्था छ, नयाँ ल्यापटप १२ जीबीसम्मको रहेको छ । जब कि पुरानो ल्यापटपमा १६ जीबीसम्म रहेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०