close

सस्तो डेटाका लागि टेलिकमले ल्यायो ‘इको प्याक’

टेकपाना टेकपाना

पुस २८, २०७६ १२:२६

सस्तो डेटाका लागि टेलिकमले ल्यायो ‘इको प्याक’

काठमाडौं । नेपाल टेलिकमले सस्तो डेटा प्याक सार्वजनिक गरेको छ । अल टाइम डेटा प्याक अन्तरगत कम्पनीले आइतबार ‘ईको प्याक’ सार्वजनिक गरेको हो ।

जसमा ग्राहकले २५ रुपैयाँमा दिनभर प्रयोग गर्न पाउने गरी दुई सय एमबी डेटा पाउनेछन् । त्यस्तै सय रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने गरी सात सय एमबी डेटा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यी दुई प्याक मध्ये दुई सय एमबी प्याक लिनका लागि ग्राहकले ‘ECO100MB’ टाइप गरी ‘१४१५’ मा एसएमएस पठाउनुपर्ने हुन्छ । त्यस्तै पाँच सय एमबीको लागि ‘ECO500MB’ टाइप गरी ‘१४१५’ मा सन्देश पठाउन सकिने छ ।

कम्पनीका अनुसार यो प्याक जीएसएम तथा सीडीएमए नेटर्वकमा पोस्टपेड र प्रिपेड दुबै सिम प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०