close

अपरिचितले देख्न नसक्ने गरी यसरी लुकाउनुहोस् इन्स्टाग्रामको स्टोरिज

टेकपाना टेकपाना

पुस २८, २०७६ १३:५३

अपरिचितले देख्न नसक्ने गरी यसरी लुकाउनुहोस् इन्स्टाग्रामको स्टोरिज

एजेन्सी । आफ्ना जीवनका रमाइला पलहरु सेयर गर्नका लागि इन्स्टाग्राम स्टोरिज एउटा चल्तिको माध्यम हो । यस्तोमा पक्कै पनि तपाईं इन्स्टाग्राममा राखेको स्टोरिज क-कसलाई देखाउने भन्ने कुराको नियन्त्रण आफैमा राख्न चाहनु हुन्छ ।

केही महिना अघि इन्स्टाग्रामले नयाँ फिचर सार्वजनकि गरेको थियो । जसमा तपाईंले इन्स्टाग्राममा राखेको स्टोरिज ‘लोकेशन’ र ‘ह्यासट्याग’ प्रयोग गरि हाइलाइट गर्न सकिन्छ । अर्थात तपाईंलाई फलो नगर्नेहरुले पनि यसरी प्रयोग गरिएको लोकेसन र ह्यासट्यागका कारण तपाईंको स्टोरिज हेर्न सक्छन् ।

यदि तपाईंले इन्स्टाग्राममा लोकेशन अन गर्नुभएको छ भने, इन्स्टाग्रामको माथिपट्टी रहेको ‘एक्सप्लोर पेज’ मा ‘काठमाडौं’, ‘नेपाल’, ‘न्युयोर्क’ लगायतका ‘स्टोरी अपडेट’ पाउनु हुनेछ । यस्ता लोकेशन सम्बन्धि हजारौं स्टोरिज रहेका हुन्छन् । जसमा सबैको पहुँच हुन्छ ।

अपरिचितले देख्न नसक्ने गरी स्टोरिज कसरी लुकाउने ?

यसका लागि सबैभन्दा सहज उपाय तपाईले आफ्नो अकाउण्टलाई प्राइभेट बनाउनु होस् । त्यसका लागि सुरुमा आफ्नो अकाउण्ट खोल्नुहोस् । अनी, त्यसको दायाँ भागमा माथि पट्टी रहेको ‘वर्गर मेनु’ (तिन वटा धर्को) लाई छनौँट गर्नुहोस् । त्यसभित्र पुछारमा रहेको ‘सेटिङ’ क्लिक गर्नुहोस् ।

जसमा ‘प्राइभेसी’ भित्र अकाउण्ट प्राइभेसी रहेको छ । त्यसमा क्लिक गरी तपाईंले आफ्नो अकाउण्टलाई प्राइभेट बनाउन सक्नुहुनेछ । यसको अर्थ तपाईंलाई फलो गर्ने तथा तपाईंले फलो गर्नेहरुले मात्रै पहुँच पाउने छन् ।

यदि तपाईं आफ्नो अकाउण्ट प्राइभेट बनाउन चाहानुहुन्न भने पनि इन्स्टाग्रामले अपरिचितबाट स्टोरिज लुकाउने वैकल्पिक उपाय पनि दिएको छ । त्यसका लागि तपाईंले इन्स्टाग्रामको स्टोरिजमा फोटो हाल्दा चर्चित लोकेसन र ह्यासट्याग हटाउनुपर्ने हुन्छ ।

यदी तपाईंको स्टोरिज चर्चित लोकेसनसँग ट्याग भएको छ भने आफ्नो स्टोरिज ट्याग भएको लोकेसनको जानकारी नोटमा देख्न सक्नुहुनेछ । त्यसलाई हटाउन त्यसमा रहेको ‘भ्यु लिस्ट’ मा जानुहोस र त्यहाँ रहेको ‘×’ बटनमा क्लिक गर्नुहोस् । त्यहाँ एउटा नोट आउने छ, जसमा रहेको ‘हाइड’ बटन क्लिक गर्नुहोस् । त्यसो गर्दा तपाईंले राखेको स्टोरिजमा अञ्जान तथा अपरिचित व्यक्तिको पहुँच हुने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०