close

यी हुन् युट्युव इतिहासमै धेरै पटक हेरिएका ५ भिडियो (भिडियो सहित)

टेकपाना टेकपाना

पुस २९, २०७६ १४:१०

यी हुन् युट्युव इतिहासमै धेरै पटक हेरिएका ५ भिडियो (भिडियो सहित)

अहिले भिडियो हेर्ने चल्तिको माध्यम भएको युट्युब । तीब्र गतिको ब्रोडब्याण्ड इन्टरनेटको विस्तार भएसँगै नेपालमा समेत युट्युवमा भिडियो हेर्नेहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । नेपाली भिडियो समेत दशकरोड माथिको भ्युज पाउन थालिसकेका छन् । 

यस्तोमा युट्युवमा विश्वभरबाट नै सबैभन्दा धेरै भ्यूज पाउने भिडियो कस्ता होलान ? अवश्य पनि यस्तो उत्सुकता युट्युवमा रमाउनेहरुका लागि एउटा उत्सुकताको विषय हो । यहाँ हामी युट्युवमा अहिलेसम्मै सबैभन्दा धेरै पटक हेरिएका टप फाइभ भिडियोको विषयमा यहाँ जानकारी पस्किन गइरहेका छौँ ।

५. मासा एण्ड दि बियर- रेसिप फर डिजास्टर

बालबालिकाहरुका लागि बनाइएको यो भिडियो अहिलेसम्मकै धेरै हेरिने भिडियोमा पाँचौ नम्बरमा छ । आठ वर्ष अघि युट्युवमा राखिएको यो भिडियोको अहिलेसम्म ४ अर्ब २१ करोड ६४ लाख भ्युज कटिसकेको छ

४. बेबी सार्क डान्स

बालबालिकाहरुकै लागि बनाइएको बेबी सार्क डान्स सबैभन्दा धेरै हेरिने भिडियोको चौथो नम्बरमा छ । ४ अर्ब ३४ करोड ८९ लाख भ्युज कटाइसकेको यो भिडियो २०१६ को जुनमा युट्युवमा राखिएको थियो ।

३. विज खलिफा-सी यू अगेन

गीतको यो भिडियो युट्युबमा धेरै हेरिने भिडियोको तेश्रो स्थानमा छ । २०१५ को अप्रिलमा युट्युवमा अपलोड गरिएको यो भिडियो अहिलेसम्म  यो भिडियो ४ अर्ब ३६ करोड ५५ लाखभन्दा धेरै पटक हेरिएको छ ।

२. ईडी शीरन-सेप अफ यू

चर्तित गीत सेप अफ यू युटुबमा धेरै हेरिने भिडियोको दोश्रो स्थानमा छ । तीन वर्ष अघि युट्युवमा राखिएको यो भिडियोले अहिलेसम्म ४ अर्ब ५७ करोड ११ लाख भ्युज पाइसकेको छ ।

१ लुइस फोन्सी- डेसपसितो

गीतकै लागि बनाइएको डेसपसितो युट्युबका सबै भिडियोलाई माथ खुवाउँदै इतिहासमै धेरै पटक हेरिने भिडियोको रेकर्ड कायम गर्न सफल भएको छ । सन् २०१७ को जनवरीमा युट्युबमा राखिएको यो भिडियोले तीन वर्षमै ६ अर्ब ५९ करोड ९० लाख भ्युज पुरा गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०