close

मानिसको दिमागमा सिधै जानकारी राख्न सकिने प्रविधि विकास गर्दै वैज्ञानिक

टेकपाना टेकपाना

माघ १, २०७६ ११:३१

मानिसको दिमागमा सिधै जानकारी राख्न सकिने प्रविधि विकास गर्दै वैज्ञानिक

एजेन्सी । मान्छेको दिमागमा सिधै कुनै पनि विषयको जानकारी हाल्न सकिन्छ भनेको सुन्दा अच्चम्म लाग्न सक्छ । हो अब त्यस्तै प्रविधिको विकास सम्भव भएको छ । वैज्ञानिकहरुले यसका लागि केही हदसम्म आफूहरुले सफलता हात पारेको जनाएका छन् ।

वैज्ञानिकका अनुसार यसको सफल परीक्षणसँगै मान्छेको दिमागमा सिधै कुनै पनि विषयको सूचना तथा जानकारी हाल्न सकिनेछ । जसले गर्दा छोटो समयमा जो सुकैलाई कुनै विषयमा पूर्ण जानकार बनाएर काममा लगाउन सकिने उल्लेख छ ।

यसको अर्थ यदि कसैलाई कम्फु सिक्न मन लागेको छ भने उक्त मान्छेको दिमागमा कम्फुको ज्ञान भरेर केही मिनेटमै उसलाई सिकाउन सकिनेछ । त्यसका लागि वैज्ञानिकले ‘म्याट्रिक्स–स्टाइल इन्स्टेन्ट लर्निङ ए रियालिटी’ को पहिलो चरणको सफ्टवेयर निमार्णमा सफलता हात पारेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०