close

यस्तो छ फाइभजी सर्पोट गर्ने डेलको नयाँ ल्यापटप

टेकपाना टेकपाना

पुस २९, २०७६ १९:२१

यस्तो छ फाइभजी सर्पोट गर्ने डेलको नयाँ ल्यापटप

एजेन्सी । डेल कम्पनीले आफ्नो नयाँ कर्पोरेट ल्यापटप ल्याटिट्युड ९५१० सार्वजनिक गरेको छ । कम्पनीले यस अघिको आफ्नै डेल एक्सपीएस १५ ल्यापटपबाट प्रभावित भएर बनाएको ल्यापटप लास भेगसमा आयेजित सीईएस मेलामा सार्वजनिक गरेको हो । एक्सपीएस १५ व्यवसायिक प्रयोगकर्ताका लागि अल्ट्रा प्रिमियम स्तरको पहिलो मोडेल रहिआएको छ । 

गत जनवरी २ मा कम्पनीले ल्याटिट्युड ९५१० ल्यापटप सार्वजनिक गर्ने घोषणा गरेको थियो । यो नयाँ ल्यापटपको तौल केवल ३.२ पाउण्ड रहेको छ । ३० घण्टासम्म टिक्ने ब्याट्री रहेको यो ल्यापटपमा पातलो बेजल्स रहेको १५.६ इञ्च स्क्रिन छ । 

स्क्रिनको आकार बाहेक, यो ल्यापटप एकदमै कम्प्याक्ट रहेको छ ।  डेल ल्याटिट्युड ९५१० पहिलो ल्यापटप हो जसमा ५ जी नेटवर्क सपोर्ट रहेको छ ।  डेलको यो मोडलमा एन्टेनालाई ल्यापटपको छेउतिर मिलाएर राखिएको छ र रिसेप्सनमा सुधार ल्याउन प्लाटिक पिसहरु राम्ररी इन्सर्ट गरिएको छ ।

दुईओटा एन्टेनाहरुमध्ये एउटालाई प्लास्टिक स्पिकर कम्पोनेन्ट र अर्को प्लास्टिकलाई स्पिकर ग्रिलमुनि राखेको छ । डेलले यो मोडलमा पछिल्लो वायरलेस नेटवर्क स्ट्याण्डर्ड वाईफाई सिक्सलाई सपोर्ट गर्ने किसिमले निर्माण गरेको छ । डेलले पहिलोपटक यो मोडलमा अप्टिमाइजर सफ्टवेयर प्रयोग गरेको छ यसले प्रयोगकर्ताको ल्यापटप प्रयोग गर्ने ढाँचाको अध्ययन गरी कार्यतालिका अनुसार काम दिएर समय बचत गरिदिन्छ । 

यसमा भएको एक्सप्रेस साइन इन फिचरले लगइन गर्न छिटो बनाउँछ । एक्सप्रेस रेस्पोन्स फिचरले तपाईले हटाएको पहिलो एप्लिकेसलाई हेरेर त्यसलाई छिटो लोड गरिदिने काम गर्छ । यसले प्रयोगकर्ताको ब्याट्री खपत गर्ने बानीलाई हेरेर ब्याट्री सेभ गर्ने सेटिङलाई मिलाइदिन्छ भने आवश्यकता अनुसार फास्ट चार्जिङको पनि सुविधा दिन्छ । 

यसमा भएको इन्टेलिजेन्स अडियोले पृष्टभूमिमा भएको हल्लालाई ब्लक गरेर भिडियो कन्फ्रेन्सहरुका लागि राम्रो वातावरण तयार पार्छ । कर्पोरेट प्रयोगको क्षेत्रमा यो ल्यापटपको आगमनलाई धेरैले सफल अन्वेषणको रुपमा हेरेका छन् । यो क्लामसेल र टू इन वान भर्सनमा आउँदैछ । मार्च २६ बाट यो अन्तराष्ट्रिय बजारमा आउने अपेक्षा गरिएको छ । तर यसको मूल्य भने हालसम्म तय भइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०