close

सकियो विन्डोज सेभेनको युग, विन्डोज टेनमा यसरी निःशूल्क रुपमा गर्नुहोस् अपग्रेड

टेकपाना टेकपाना

माघ १, २०७६ १७:१०

सकियो विन्डोज सेभेनको युग, विन्डोज टेनमा यसरी निःशूल्क रुपमा गर्नुहोस् अपग्रेड

माइक्रोसफ्टले विन्डोज सेभेन भर्खरै बन्द गरेको छ । २००९ अक्टोबरमा अर्थात आजभन्दा दश वर्षअघि सार्वजनिक भएको विन्डोज सेभेन अब मृत भइसकेको छ । भनिन्छ, विन्डोज सेभेन एउटा सोलिड अपरेटिङ सिस्टम थियो, जसमा अहिले पनि लाखौं लाख कम्प्युटरहरु चलिरहेका छन् ।

यदि तपाई अझै पनि आफ्नो डिभाइसमा विन्डोज सेभेन चलाउँदै हुनुहुन्छ भने अब के गर्नुहुन्छ ? त्यसो त तपाई यो अपरेटिङ सिस्टममा अझै पनि कम्प्युटर चलाउन सक्नुहुन्छ । तर सुरक्षाको दृष्टिले यो राम्रो हुने छैन । किनभने माइक्रोसफ्टले अब विन्डोज सेभेनका लागि कुनै पनि किसिमको सेक्युरिटी अपडेट र फिक्सेसहरु ल्याउने छैन । 

यसले गर्दा तपाईको कम्प्युटर सधै जोखिमपूर्ण स्थितिमा रहनेछ । तर माइक्रोसफ्टले अझै पनि विन्डोज टेनमा निःशूल्क अपग्रेड हुने सुविधा प्रयोगकर्तालाई दिदैँ आएको छ । कम्पनीले आफ्नो स्पेशल अपग्रेड अफर साइटलाई हटाए पनि विन्डोज सेभेन र ८.१ अपग्रेड गर्दै आइरहेका प्रयोगकर्ताका लागि विन्डोज टेनको लाइसेन्स एक्टिभेट गरिदिएको छ । 

यदि तपाईंको ल्यापटप वा पीसी विन्डोज टेनको न्युनतम आवश्यकतालाई सपोर्ट गर्छ भने माइक्रोसफ्टको साइटबाट त्यसलाई अपग्रेड गर्न सम्भव छ । तर विन्डोज सेभेनबाट टेनमा अपग्रेड गर्दा तपाईको एप र सेटिङहरु भने मेटिनसक्छ । त्यसैले अपग्रेड गर्नु अघि नै आफ्ना फाइल र महत्वपुर्ण डेटाहरु अन्य कुनै ठाउँमा राख्न सक्नुहुन्छ । 

विन्डोज सेभेन र टेनबीचमा रहेको भिन्नताका कारण यी एप र सेटिङहरुलाई अपग्रेड गर्दा सुरक्षित राख्न सकिने छैन । विन्डोज ८.१ लाई पनि त्यसैगरी अपग्रेड गर्न सकिन्छ । तर यसमा भने प्रयोगकर्ताका एप्स र सेटिङहरु मेटिएर जाने छैनन् । 

  • विन्डोज सेभेनलाई विन्डोज टेनमा कसरी अपग्रेड गर्ने ?
  • सुरुमा आफ्ना महत्वपूर्ण डकुमेन्ट, एप र डेटाहरुको ब्याकअप तयार पार्नुहोस् ।
  • माइक्रोसफ्टको विन्डोज १० डाउनलोड गर्न साइटमा जानुहोस् ।
  • त्यहाँ रहेको क्रिएट विन्डोज टेन इन्स्टलेसन मिडिया सेक्सनमा ‘डाउनलोड टूल नाव’ लाई छनौट गरेर एप रन गर्नुहोस् ।
  • त्यसपछि ‘अपग्रेड दिस पीसी नाव’ लाई चयन गर्नुहोस् ।
  • त्यहाँ तपाई आफ्नो व्यक्तिगत फाइल राख्न वा स्टार्टलाई फ्रेस राख्न चाहानुहुन्छ भनेर प्रश्न सोधिनेछ ।(याद राख्नुहोस् त्यहाँ जे सोधिए पनि तपाई विन्डोज टेनमा अपग्रेड गर्दै हुनुहुन्छ । त्यसैले सबै एप्स र सेटिङहरु मेटिएर जाने निश्चित छ ।)
  • एकपटक अपग्रेड सम्पन्न भईसकेपछि, तपाईलाई विन्डोज टेनको डिजिटल लाइसेन्स आवश्यक हुनेछ । जुन तपाईंले सेटिङभित्र अपडेट एण्ड सेक्युरिटीमा गएर एक्टिभेसनमा पाउनुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०