close

टिकटकमा उर्लिदो ‘क्रेज’, फेसबुकभन्दा धेरै डाउनलोड

टेकपाना टेकपाना

माघ २, २०७६ १०:१८

टिकटकमा उर्लिदो ‘क्रेज’, फेसबुकभन्दा धेरै डाउनलोड

छोटो मनोरन्जनात्मक भिडियो पोस्ट गर्न मिल्ने टिकटक नेपालमा पनि अहिले निकै लोकप्रिय बनेको छ । टिकटकबाटै चर्चित बनेर नयाँ अवसर पाएका उदाहरण अहिले बढ्न थालेका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन टिकटकको लोकप्रियता यति बढेको छ कि सन् २०१९ मा यसको डाउनलोड फेसबुक र म्यासेन्जरभन्दा माथी पुग्यो । डेटा कम्पनी सेन्सर टावरका अनुसार एक वर्षमा मात्रै टिकटक एप्स ७० करोडभन्दा बढी डाउनलोड भएको छ ।

यो सन् २०१९ मा धेरै डाउनलोड भएका एप्सको सूचीमा दोस्रो स्थानमा छ । टिकटक अहिलेसम्म १ अर्ब ५० करोड पटक डाउनलोड भएको छ । पहिलो स्थानमा भने व्हाट्सएप छ । भारतमा अत्यन्त लोकप्रिय बनेका कारण पनि सन् २०१९ मा यसको डाउनलोड ८५ करोड नाघेको छ ।

टिकटक पछि म्यासेन्जर सबैभन्दा धेरै डाउनलोड हुने एपहरुको सूचीमा तेस्रो स्थानमा छ । जुन ७० करोडको हाराराहीमा छ । त्यसपछी मात्रै फेसबुक छ, जसको डाउनलोड ७० करोडभन्दा केही कम छ । धेरै डाउनलोड भएका एपहरुमध्ये इन्स्टाग्राम, सेयरईट, युट्युब, स्न्यापच्याट, नेटफ्लिक्स क्रमश: पाचौं देखि दशौ स्थानमा छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०