close

यस्तो छ सस्तो मूल्यको प्रिमियम स्मार्टफोन नुबिया जेड ट्‍वान्टी

टेकपाना टेकपाना

माघ २, २०७६ १४:६

यस्तो छ सस्तो मूल्यको प्रिमियम स्मार्टफोन नुबिया जेड ट्‍वान्टी

एजेन्सी । चिनियाँ मोबाइल निर्माता कम्पनी जेडटीईको सहायक ब्राण्ड नुबियाको नयाँ उत्पादन ‘नुबिया जेड ट्वान्टी’ अमेरिकामा सार्वजनिक भएको छ । चिनियाँ बजारमा सन् २०१९ अक्टोबरमै सार्वजनिक भएको उक्त स्मार्टफोन पहिलो पटक विश्व बजारमा आएको हो ।

जेड ट्वान्टी मिड रेन्जका अन्य स्मार्टफोनको तुलनमा उत्कृष्ट रहेको उल्लेख गरिएको छ । ड्युल एमोलेड स्क्रिनका साथ स्न्यापड्रागन ८५५ प्लस प्रोससर प्रयोग गरिएको यो फोन प्रविधिको हिसाबले प्रिमियम रेन्जकाे मानिएको छ । त्यस हिसावले जेड ट्वान्टीलाई प्रिमियम रेञ्जको सस्तो फोन मान्न सकिन्छ । यसको बजार मूल्य ५७ हजार रुपैयाँ हाराहारीमा रहेको छ ।

फोनमा ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । बोडरलेस ६.४२ इञ्चको फुल एचडी प्लस डिस्प्ले र ५.१ इञ्चको डिस्प्ले रहेको छ । फोनमा ८५५ प्लस चिपसेट राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१