close

टेलिकमको पोष्टपेड रिचार्जमा समस्या, समाधान गर्ने प्रयासमा कम्पनी

टेकपाना टेकपाना

माघ २, २०७६ ११:४३

टेलिकमको पोष्टपेड रिचार्जमा समस्या, समाधान गर्ने प्रयासमा कम्पनी

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको पोष्टपेड मोबाइलको रिचार्जमा समस्या देखिएको छ । विहीबार विहानदेखि देखिएको समस्याका कारण केही प्रयोगकर्ताहरुले मोबाइल फोन रिचार्ज गर्न पाएका छैनन् भने कतिपयको रिचार्ज गर्दा समेत एकतर्फी कल निषेधित हट्न सकेको छैन ।

हरेक अंग्रेजी महिनाको १५ तारिखमा टेलिकमले पोष्टपेड सेवा लिने ग्राहकको बिलिङ तयार पार्दै आएको छ । आकस्मिक रुपमा बिलिङ प्रणालीमा समस्या देखिएको कम्पनीका सहायक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘आज विहानदेखि यस्तो समस्या आएको भन्ने छ,’ उनले भने, ‘यथासक्य चाँडो समस्या समाधान गर्ने गरी टिम परिचालन भइसकेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०