close

मिसकल गर्दा एनआईसी एशियाले कल ब्याक गर्ने, मिनि स्टेटमेन्ट देखि ब्यालेन्सको जानकारी मोबाइलमै

टेकपाना टेकपाना

माघ २, २०७६ १२:९

मिसकल गर्दा एनआईसी एशियाले कल ब्याक गर्ने, मिनि स्टेटमेन्ट देखि ब्यालेन्सको जानकारी मोबाइलमै

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि मिस कल सर्भिस सुरु गरेको छ । कल ब्याक सुविधा देखि मिनि स्टेटमेन्ट र ब्यालेन्सको जानकारी दिने गरी बैंकले मिस कल सेवा सुरु गरेको हो ।

अब एनआईसी एशिया बैंकमा खाता रहेका ग्राहकहरुले ९७७-९८०-१२२७७५ मा मिसकल दिए पुग्छ । मिसकल दिएको केहो बेरमै बैंकले नै ग्राहकलाई कलब्याक गर्ने र त्यसबाट आवश्यक बैंकिङ जानकारी लिन सकिने जनाइएको छ ।

यसैगरी ९७७-९८०१२२७७४४ मा डायल गरी मिनि स्टेटमेन्ट मोबाइलमै पाउन सक्नुहुनेछ भने ९७७-९८०१२२७७३३ मा कल गरी बैंकमा रहेको आफ्नो खाताको ब्यालेन्स बुझ्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०