close

ह्वावेमाथिको प्रतिबन्धले फाइभजी ३० प्रतिशत महंगो हुने

टेकपाना टेकपाना

माघ २, २०७६ १५:४५

ह्वावेमाथिको प्रतिबन्धले फाइभजी ३० प्रतिशत महंगो हुने

एजेन्सी । हुवावेको फाइजी नेटवर्कमाथिको प्रतिबन्धका कारण २०३५ सम्म अमेरिकाको जीडीपी २१.९ अर्ब डलरले घट्ने देखिएको छ । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ग्लोबल रिपोर्टले यस्तो आँकलन गरेको हो ।

ह्वावेको फाइजीमाथि भएको प्रतिबन्धले ३० प्रतिशत फाइभजी लागत बढाउने रिपोर्टमा उल्लेख छ । उक्त प्रतिवेदनमा हुवावेको फाइभजी नेटवर्क उपकरणमा कायम प्रतिबन्धले पार्ने समय, मूल्य र उत्पादकत्वमा पार्ने प्रभावको बारेमा अनुसन्धान गरेको थियो ।

रिपोर्टले अष्ट्रेलियाको जीडीपी २०३५ सम्ममा २.८ अर्ब डलरले घट्ने बताएको छ । अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, भारत, जापान, वेलायत र अमेरिका जस्ता आठ मूख्य बजारमा फाइभजी नेटवर्कको उपकरणहरुमाथि प्रतिबन्ध लाग्दा पर्ने प्रभावबारे अध्ययन भएको थियो ।

अमेरिका र अष्ट्रेलियासँग फाइभजी सम्बन्धि सम्झौताका लागि प्रतिस्पर्धा गर्न हुवावेमाथि रोक लागेपछि यस्तो रिपोर्ट आएको हो । क्यानडा, फ्रान्स, जर्मनी, भारत, जापान र वेलायतका सरकारले हुवावेको फाइभजी नेटवर्क उपकरणमाथि आंशिक प्रतिबन्ध तथा पूर्ण बहिष्कार गर्दै आएका छन् ।

अक्सफोर्ड इकोनोमिक्सले तीन मोडलको वैकल्पिक सन्दर्भमा सस्तो लागत, केन्द्रीकृत मूल्य र उच्च लागतमामा असर गर्ने सम्भावित प्रभावको बारेमा पहिलोपटक व्यवस्थित ढंगले अध्ययनको प्रयास गरेको बताएको छ ।

मूल्य बढ्नुका साथै, हुवावेको फाइभजी प्रतिस्पर्धामा लागेको प्रतिबन्धसँग जोडिएर आउने पुन अर्को ठूलो लगानीको आवश्यकताका कारण नेटवर्क रोलआउटमा पनि ढिलाई हुने रिपोर्टको निश्कर्ष छ । परिणामस्वरुप २०२३ मा कम जनसंख्या मात्र फाइभजी नेटवर्कबाट लाभान्वित हुने रिपोर्ट बताउँछ ।

‘फाइभजीको रोलआउटमा हुने ढिलाईको परिणाम प्राविधिक अन्वेषणमा पर्छ र यसले आर्थिक विकासलाई घटाउँछ । हाम्रो केन्द्रीय लागत परिदृश्यमा हेर्दा, यसले राष्ट्रिय कूल ग्राहस्थ उत्पादनलाई घटाउँछ । यसरी हेर्दा २०३५ मा अष्ट्रेलियामा २.८ अर्ब डलरसम्म घट्ने छ भने अमेरिकामा २१.९ डलरसम्म जीडीपी घट्नेछ,’ रिपोर्टमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१