close

गणित सिकाउने माइक्रोसफ्टको एप

टेकपाना टेकपाना

माघ ३, २०७६ १५:१६

गणित सिकाउने माइक्रोसफ्टको एप

गणित धेरैको लागि गाह्रो लाग्ने बिषय हो । तर गणितको कुनै समस्या हल नभएमा सहयोग गर्ने गरी माइक्रोसफ्टले एप तयार पारेको छ ।

अंग्रेजीबाहेक विभिन्न दुई दर्जन भाषामा पनि प्रयोग गर्न सकिने एप एन्ड्रोइड र आइओएस दुवै डिभाइसको लागि उपलब्ध छ ।

प्रयोगकर्ताले प्ले स्टोर वा आइओएस स्टोरमा गएर माइक्रोसफ्ट म्याथ सल्भर एप टाइप गरी यसलाई खोज्न सक्छन् ।

प्रयोगकर्ताले आफ्नो कापीमा गरिरहेको गणित सम्बन्धी समस्याको हल पूरा नभएमा फोटो खिचेर एपको सहायता लिन सक्छन् वा एपमै गणित सम्बन्धी समस्या टाइप गरेर पनि सहयोग माग्न सक्छन् ।

आफूले हल गर्न नसक्ने समस्या भए एपले प्रयोगकर्तालाई बिङ सर्च ईन्जिनतर्फ लैजान्छ, जहाँ प्रयोगकर्ताले त्यस्तै खालका अन्य गणित समस्याको हल भएको उदाहरण भेट्न सक्छन् ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१