close

सेड्युलको सुविधा ल्याउँदै ट्वीटर

टेकपाना टेकपाना

माघ ४, २०७६ १३:६

सेड्युलको सुविधा ल्याउँदै ट्वीटर

ट्वीटर विशेषगरी तत्कालै विचार वा टिप्पणी राख्ने प्लेटफर्म हो । यसैकारण ट्वीटरमा अहिले लेख्ने र पछि आफैं पोष्ट हुने सुविधा छैन ।

अहिले पनि ट्वीटरमा कुनै पोष्ट सेड्युल गर्नुपर्‍यो भने प्रयोगकर्ताले ट्वीटडेक प्रयोग गर्नुपर्ने हुन्छ । तर, ट्वीटरले अब केही समयमै प्रयोगकर्तालाई सोझै पोष्ट सेड्युल गर्न दिने भएको छ । केही प्रयोगकर्तामाझ यो फिचरको परीक्षण गरिरहेको ट्वीटरले तत्कालका लागि वेबमा मात्रै उपलब्ध गराउनेछ ।

एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१