close

सस्तो आईफोन सार्वजनिक गर्दै एप्पल

टेकपाना टेकपाना

माघ ६, २०७६ ८:५२

सस्तो आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२० मा कम्पनीको हालसम्मकै सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गर्न सक्ने देखिएको छ । यस अघि कम्पनीले उक्त रेन्जमा आईफोन एसई ल्याएको भएतापनि हाल त्यसको उत्पादन बन्द भइसकेको छ ।

अब भने, कम्पनीले सस्तो रहेको आफ्नो अनुपस्थितिलाई मेट्न नयाँ स्मार्टफोन ल्याउन लागेको उल्लेख गरिएको छ । जसलाई आईफोन नाइन वा आईफोन एसई टूको रुपमा ल्याउन सक्ने आँकलन गरिएको छ । 

एप्पलको सस्तो आईफोनका बाहिरिएको फोटो अनुसार याे फोन यसअघि कम्पनीले सार्वजनिक गरेको हाई इन्ड फोन आईफोन एट जस्तै देखिएको छ । जुन सन् २००८ मा सार्वजनिक भएको थियो । जसको मुल्य ३ सय ९९ डलर अर्थात नेपाली ४५ हजार रुपैंयाको हाराहारीमा उपलब्ध हुने अनुमान छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१