close

प्रदेश २ मा छोरीको शिक्षा बीमा गराउनेलाई सुबिसुको निःशूल्क इन्टरनेट

टेकपाना टेकपाना

माघ ५, २०७६ ११:३

प्रदेश २ मा छोरीको शिक्षा बीमा गराउनेलाई सुबिसुको निःशूल्क इन्टरनेट

नेपालकै दोश्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालीले प्रदेश २ मा छोरीको निःशूल्क शिक्षा बीमा गराउने परिवारलाई निःशूल्क इन्टरनेट दिने भएको छ । प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा साथ दिने गरी सुबिसुले जडान सहित तीन महिनासम्मको ब्रोडब्याण्ड इन्टरनेट निःशूल्क उपलब्ध गराउने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण अन्तरगतको ग्रामीण दूरसञ्चार विकास कोष अन्तरगतको ब्रोडब्याण्ड विस्तार परियोजना मार्फत सुबिसुले प्रदेश नम्बर २ का आठ ओटै जिल्लाका सबै स्थानीय तहका प्रत्येक वडाहरुमा अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ । पाँच महिना अघि सम्पन्न उक्त परियोजनामा तयार भएको करीब १७ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क प्रयोग गरेरै सुबिसुले प्रदेश सरकारको अभियानमा साथ दिने भएको हो ।

जडान तथा तीन महिनाको शूल्क गरी छोरीको बीमा गराउने परिवारलाई १५ एमबीपीएस गतिको इन्टरनेट छूट दिइने सुबिसुका सीईओ विनयमोहन साउदले जानकारी दिए । ‘यस हिसावले हामीले छोरीको शैक्षिक बीमा गराउने प्रति प्ररिवारलाई आठ हजार रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने छौँ,’ उनले भने, ‘यसबाट हामीले प्रदेश सरकारको बेटी बचाउ अभियानमा साथ दिनुका साथै हाम्रो सेवाको प्रवद्र्धन हुने आशा गरेका छौँ ।’ निःशूल्क इन्टरनेट वापतको खर्च सुबिसुले नै बेहोर्ने साउदको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१