close

यस्ता छन् वर्षकै चर्चित एप र गेम

टेकपाना टेकपाना

माघ ५, २०७६ १४:५५

यस्ता छन् वर्षकै चर्चित एप र गेम

धेरै डाउनलोड हुने र समय व्यतित गरिने हिसावले सन् २०१९ मा गुगल तथा ट्वीटर जस्ता एपहरुले समेत शिर्ष १० मा समेत ठाउँ बनाउन नसकेको देखिएको छ ।  ग्लोबल एनालाइटिक्स कम्पनी एप एन्नीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले टप टेनको सुचीमा फेसबुक कम्पनीको स्वामित्वमा रहेका ४ ओटा एपहरु सूचीको शिर्ष ५ स्थानमा पर्न सफल भएकाे उल्लेख गरेको छ । 

रिपोर्टले मोबाइल फोन प्रयोगकर्ताहरुका बानी र बजार वृद्धिका बारेमा पनि विभिन्न किसिममा रोचक तथ्यहरु सार्वजनिक गरेको छ । रिपोर्टको अनुसार एउटा औषत व्यक्तिले आफ्नो फोनमा दैनिक ३ घण्टा ४० मिनेट समय खर्चिने देखाएको छ । यो वितेको दुई वर्ष अघिको भन्दा ३५ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । रिपोर्टले सोही वर्षमा एप स्टोर तथा प्लेस्टोरबाट प्रयोगकर्ताहरुले १२० बिलियन डलर खर्च गरेको देखाएको छ ।

पब्जी भिडियो गेमले २०१९ मा निकै तहल्का पिट्यो । विवादित समेत बनेको यो गेम त्यतिकै लोकप्रिय पनि बन्यो । पब्जीकै कारण कतिले ज्यानसमेत गुमाउनु परेको समाचारहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुमा सुन्नमा आए । युवा तथा बालबालिकाहरु यसको लतमा फसेको भन्दै नेपाल सरकारले यसमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरु माझ सर्कुलर पनि जारी गर्‍यो । तर, पब्जीमाथिको प्रतिबन्ध कामयाव हुन सकेन । न त लोकप्रियता नै घट्यो । 

यसैकारण २०१९ मा सबैभन्दा धेरै सुनिएको अनलाइन गेमको नाम पब्जी नै थियो । तर ग्लोबल एनालाइटिक्सको प्रतिवेदनले पब्जी २०१९ को सबैभन्दा लोकप्रिय गेम रहेको विश्वासलाई भने गलत ठहर्‍याइदिएको छ । ग्लोबल एनालाइटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको स्टेट अफ मोबाइल रिपोर्टले २०१९ मा सबैभन्दा धेरै डाउनलोड गरिएका १० गेमिङ एप यस्ता छन् ।

टप टेन गेम

  • फ्रि फायर 
  • पब्जी 
  • सब वे सर्फर
  • कलर बम्प थ्री डी
  • फन रेड थ्री डी
  • माई टकिङ टोम
  • रन रेस थ्रीडी
  • होमस्केप्स
  • कल अफ ड्युटी
  • स्ट्याक बल

टप टेन एप

  • फेसबुक म्यासेन्जर
  • फेसबुक
  • ह्वाट्स एप
  • इन्स्टाग्राम
  • टिकटक
  • शेयरइट
  • लाइकी
  • स्नापच्याट
  • नेटफ्लिक्स
  • स्पोटीफाई

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१