close

सर्भर र राउटर सहित ५ लाख डिभाइसको पासवर्ड चोरी, तपाईंको त परेन ?

टेकपाना टेकपाना

माघ ६, २०७६ ११:३४

सर्भर र राउटर सहित ५ लाख डिभाइसको पासवर्ड चोरी, तपाईंको त परेन ?

ह्याकरहरुले यो हप्ता पाँच लाख १५ हजार सर्भर, घरका राउटर र इन्टरनेट अफ थिङ्स (आईओटी) अर्थात स्मार्ट डिभाइसको महत्वपूर्ण जानकारी सार्वजनिक गरेका छन् । ह्याकरले प्रत्येक डिभाइसको आईपी एड्रेस सहितको डाटा सार्वजनकि गरेका हुन् ।

त्यतिमात्रै नभएर ‘टेलनेट सर्भिस’ मा उपलब्ध युजरनेम, पासवर्ड पनि सार्वजनिक भएको छ । टेलनेट सर्भिस रिमोट एक्सेस प्रोटोकल हो । जसको मद्दतले इन्टरनेटसँग जोडिएका डिभाइसलाई नियन्त्रण गर्न सकिन्छ ।

ह्याकरले सार्वजनिक गरेको जानकारी अनुसार यी सबै जानकारी टेलनेट पोर्टसँग जोडिएका स्मार्ट डिभाइसलाई इन्टरनेटमार्फत स्क्यान गरि संकलन गरिएको हो । त्यहाँबाट प्राप्त जानकारीका आधारमा डिभाइसको फ्याक्ट्री–सेट गरी युजर नेम र पासवर्ड पत्ता लगाएको बताइएको छ ।

यस्तो प्रक्रियालाई ‘बूट लिस्ट’ भनिन्छ । ह्याकरले इन्टरनेटमा स्क्यान गरी यस्ता जानकारी संकलन गर्छन् र डिभाइसमा कनेक्ट गरेर माल्वयर इन्स्टल गर्ने विज्ञले बताएका छन् । उनिहरुका अनुसार धेरैजसो घटनामा यस्ता जानकारी बाहिर कमै मात्रामा आउँछन् ।

यसअघि सन् २०१७ अगस्टमा ३३ हजार डिभाइसको जानकारी सार्वजनिक गरिएको थियो । तर, हाल भएको यो घटना आजसम्मकै ठुलो भएको दाबी गरिएको छ । पासवर्ड लगायतको जानकारी दुरुपयोग हुन सक्ने भएकाले विज्ञहरुले तत्काल आफ्ना त्यस किसिमका डिभाइसको पासवर्ड परिवर्तन गर्न सुझाव दिएका छन् ।

एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१