close

यसरी हेर्नुहोस् टेलिकमको मोबाइल र ल्याण्डलाइनको बिल

टेकपाना टेकपाना

माघ ६, २०७६ १६:३९

यसरी हेर्नुहोस् टेलिकमको मोबाइल र ल्याण्डलाइनको बिल

काठमाडौं । जब ल्याण्डलाइन फोनको बिल तिर्ने समय आउँछ तब हामीले सधैं भोग्ने गरेको समस्या भनेको कति तिर्नुपर्ने छ भन्ने नै हो । आफूले प्रयोग गरिरहेको फोनको बिल कति उठेको छ भन्ने विषयको जानकारी नहुँदा बिल तिर्न टेलिकमको कार्यलन नै जानु पर्ने वाध्यतामा अझै धेरै प्रयोगकर्ताहरु अल्झिरहेको पाउछौँ ।

त्यतिमात्रै होइन, कतिपय अवस्थामा आफूले कुन महिनामा फोन तथा मोबाइलमा कति खर्च गरेको रहेछु भनी जानकारी राख्न पनि आवश्यक छ । त्यसैलाई मध्यनज गर्दै टेलिकमले ग्राहकको सहजताको लागि अनलाईन बाटै त्यस्ता जानकारी लिन सकिने प्रणालीको विकास गरिसकेको छ ।

ग्राहकले आफ्नो ल्याण्डलाइन फोन, जीएसएम मोबाइल वा सीडीएमएको बिल हेर्न सकिने व्यवस्था गरेको छ । यसरी बिल हेरेर प्रयोगकर्ताले हाल नेपालमा उपलब्ध विभिन्न अनलाइन भुक्तानीका माध्यम प्रयोग गरी सजिलै भुक्तानी गर्न सकिन्छ । जसको आवश्यक प्रक्रियाको बारेमा आज हामी तपाईंहरुलाई जानकारी दिन गइरहेका छौं ।

त्यसका लागि तपाईं सुरुमा नेपाल टेलिकमको वेबसाइटमा जानुहोस् । वेबसाइटको तल दायाँतर्फ ‘यूटिलिटी’ भित्र रहेको ‘अनलाईन मोबाइल बील’ मा क्लिक गर्नुहोस् ।

अब नयाँ पेज खुल्नेछ । त्यहाँ तपाईंले कुन सेवाको अर्थात ल्याण्डलाइन फोन, जीएसएम मोबाइल वा सीडीएमए मध्ये कुन सेवाको र कुन महिनाको बिल हेर्ने चाहनु भएको हो खुलाउनुहोस् ।

त्यहाँ तपाईंले सम्बन्धित मोबाइल वा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । साथै अर्को बक्समा ‘पुक नम्बर’ मागिएको हुन्छ । त्यहाँ मोबाइलको लागि पुक नम्बर नै प्रयोग गुर्न पर्ने हुन्छ । यदि तपाईंसँग मोबाइलको पुक नम्बर नभएको खण्डमा आफ्नो मोबाइलबाट ‘PUK’ टाइप गरी १४१५ मा एसएसएस पठाएर थाहा पाउन सक्नुहुनेछ ।

ल्याण्डलाइन फोनको हकमा तपाईंले उक्त स्थानमा ‘अकाउण्ट नम्बर’ राखेर चेक बिलमा क्लिक गर्नुपर्ने हुन्छ । ल्याण्डलाइन टेलिफोनको अकाण्ट नम्बरको लागि बिल तिरेको रसिदमा रहेको अकाउण्ट नम्बर प्रयोग गर्न सकिन्छ । अथावा टेलिकमको काउण्टरबाट बिल प्रिन्ट प्राप्त गर्न पनि सक्नुहुन्छ ।

अब ‘चेक बिल’मा क्लिक गरेसँगै त्यहाँ तपाईंले प्रयोग गरिरहनु भएको सेवाको बिल देखिने छ । उक्त बिल आवश्यक परेको खण्डमा प्रिन्ट गर्न समेत सकिन्छ । यसरी तपाईंले टेलिकमका सेवाको बिल टेलिकमको मोबाइल एप मार्फत पनि हेर्न सक्नुहुनेछ । (एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् )

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१