close

अब मोबाइल एपबाटै नेपाल एयरलाइन्सको टिकट

टेकपाना टेकपाना

माघ ७, २०७६ ९:२७

अब मोबाइल एपबाटै नेपाल एयरलाइन्सको टिकट

अबदेखी मोबाइल एपबाटै नेपाल एयरलाइन्सको आन्तरिक उडानतर्फको टिकट बुकिङ गर्न सकिने भएको छ । नेपाल वायुसेवा निगमका अनुसार तत्काल यस्तो एप्स एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ ।

आइओएसमा रहेको एपमा भने केही सातामै यस्तो सेवा उपलब्ध गराइने निगमले जनाएको छ । एपबाट बुकिङका लागि ई-सेवा र आईएमई-पेबाट टिकट रकम भुक्तानी गर्न सकिन्छ । निगमले अन्तर्राष्ट्रिय उडानको टिकट पनि बुकिङ तथा खरिद गर्न मिल्ने गरी काम अगाडि बढिरहेको जानकारी दिएको छ ।

एन्ड्रोइडमा एप्सको नाम नेपाल एयरलाइन्स रहेको छ । यसबाट प्रयोगकर्ताले उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि प्राप्त गर्न सक्नेछन ।

नेपाल एयरलाइन्सको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१