close

अब टेलिकममा २० रुपैयाँमै एक घण्टा अनलिमिटेड भ्वाइस, डेटा र एसएमएस

टेकपाना टेकपाना

माघ ७, २०७६ १०:५२

अब टेलिकममा २० रुपैयाँमै एक घण्टा अनलिमिटेड भ्वाइस, डेटा र एसएमएस

सरकारी दूरसञ्चार सेवा प्रदायकले अनलिमिडेट वान हावर प्याक सार्वजनिक गरेको छ । आफ्ना मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै कम्पनीले २० रुपैयाँमा एक घण्टासम्म जति पनि भ्वाइस, एसएमएस र डेटा प्रयोग गर्न सकिने गरी अनलिमिटेड प्याक ल्याएको हो ।

विन्टर अफर अन्तरगत ल्याइएको यो प्याकेजको भ्वाइस र एसएमएस भने कम्पनीको नेटवर्कमा मात्रै लागु हुने हुनेछ । डेटा भने फोरजी तथा थ्रीजी जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१