close

नवीकरण नगराएपछी फाईबर अनलाइनको लाइसेन्स खारेज

टेकपाना टेकपाना

माघ ८, २०७६ ८:४८

नवीकरण नगराएपछी फाईबर अनलाइनको लाइसेन्स खारेज

नेपाल दुरसञ्चार प्राधिकरणले ललितपुरको जावलाखेलमा रहेको फाईबर अनलाइन प्रा.लिको लाइसेन्स खारेज गरेको छ ।

इन्टर्नेट सेवा प्रदायकको लाइसेन्स लिएको फाईबर अनलाइनले दुरसञ्चार ऐन बमोजिम समयमै लाइसेन्स नविकरण नगराएको भन्दै प्राधिकरणले खारेज गरेको हो । प्राधिकरणका अनुसार पुस २३ गतेदेखि लागू हुने गरि अनुमतिपत्र खारेज गरिएको छ ।

फाईबर अनलाइनले २०६६ पुस २३ गते प्राधिकरणबाट इन्टर्नेट सेवा उपलब्ध गराउने अनुमतिपत्र लिएको थियो । कम्पनीले नवीकरणका लागि निवेदन पेश नगरेकाले स्वत: लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।

अबदेखि यो कम्पनी ईन्टरनेट सेवा उपलब्ध गराउन कानुनी रुपमा योग्य हुने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१