close

अब पासपोर्टको शूल्क अनलाइनबाटै

टेकपाना टेकपाना

माघ ८, २०७६ १७:४६

अब पासपोर्टको शूल्क अनलाइनबाटै

काठमाडौं । पासपोर्टको आवेदन दिँदा लाग्ने शूल्क अब अनलाइनबाटै तिर्न सकिने भएको छ । परराष्ट्र मन्त्रालय अन्तरगत रहेको राहादानी विभागले अनलाइन मार्फत पासपोर्टको शूल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।

योसँगै पासपोर्ट बनाउन आवेदन दिँदा लाईन बसेर पैसा बुझाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । विभागले कनेक्ट आइपीएससँगको सहकार्यमा अनलाइनबाटै आवेदनको शुल्क तिर्न सकिने व्यवस्था मिलाएको हो । कनेक्ट आईपीएसको एप डाउनलोड गरी सेवाग्राहीले अनलाइनमार्फत पासपोर्टको शूल्क तिर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१