close

डिजिटल अवतारले केसम्म गर्न सक्ला ?

टेकपाना टेकपाना

माघ ८, २०७६ १७:१

डिजिटल अवतारले केसम्म गर्न सक्ला ?

हालै सम्पन्न सूचना प्रविधिको विश्वकै ठूलो प्रदर्शनी सीईएस २०२० मा सामसङको सहायक कम्पनी स्टार ल्याब्सको स्वामित्व रहेको न्योन कम्पनीले डिजिटल अवतारहरु सार्वजनिक गर्यो । जसलाई कम्पनीले न्योन्स नाम दिएको छ । डिजिटल प्रविधिमा आधारित वास्तविक मानव झै देखिएने ती अवतारहरु कसैको पनि कार्टुनहरुको जस्तो अनुहार भने थिएन । त्यसका विषयमा विस्तृत विवरण सार्वजनिक भने गरिएको छैन । 

तर प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘न्योन्सहरु हाम्रा साथी, साझेदार र सहकर्मी बन्नसक्छन्, उनीहरुले वार्ताबाट आफ्नो स्मरण निर्माण गरेर सिक्दै उद्विकास हुनसक्छन् ।’ प्रदर्शनमा राखिएका अवतारहरु कोही प्रहरी अधिकारी जस्तो देखिन्थे, कोही अकाउन्टेन्ट, कोही इंजिनियर तथा कोही कार्यलयका कर्मचारीहरु जस्ता देखिन्थे । कोही भने प्रशासक जस्ता थिए । 

इथिसिस्ट अर्थात् नीतिविज्ञहरुले धेरै वर्षदेखि डिजिटल अवतारहरु वास्तविक मानव जस्तो नहुने र उनीहरुले हामी मानव जातीले जस्तो समान अधिकार र विशेषाधिकारहरु नपाउने तर्क गर्दै आएका छन् । तपाईलाई लाग्न सक्ला के विज्ञहरुले भने जस्तो होला त ? तपाई ती डिजिटल अवतारहरुले दिएको आदेशलाई अवज्ञा गर्न सक्नुहोला त ? धेरै टाढाको होइन एउटा सामान्य उदाहरण नै हेरौं न !  के डिजिटल अवतारले तपाइलाई जागिरबाट निकाल्न सक्ला त ? 

यी डिजिटल अवतारहरुका लागि तपाईलाईं जस्तै कार्यस्थलमा कुनै कुर्सी वा टेबल चाहिँदैन । जुम स्क्रिनमा देखा पर्ने यी अवतारहरु पिक्सेलका संकलनहरु हुन् । जसलाई भिजुअल प्याटर्नमा ढालिन्छ र हामी मानिसको रुपमा देख्छौं । उनीहरुको प्रतिक्रिया र क्रियाकलापलाई अल्गोरिदमले निर्दिष्ट गर्छ । 

न्योन कम्पनीको घोषणा अनुसार यी अवतारहरुको भावना, वुद्धि र स्वभावलाई नियन्त्रण गर्न उनीहरुले एउटा प्लेटफर्म बनाएका छन्, जसको नाम स्पेक्ट्रा हो । यी डिजिटल अवतारहरुले मानिसको काम र उसका सहकर्मीहरुसँग जोडिएको उसको गहिरो भावनालाई बुझ्न सक्दैनन् । 

न त जागरबाट निकाल्ने शब्दको अर्थ नै बुझ्छन् । उनीहरुले वास्तवमा बुझ्दैनन् । अल्गोरिदम र प्रोग्रामिङले निर्माण गरेको कृतिम भावनाभन्दा भानवीय भावना धेरै गहिरो छ । यो वर्षौं, दशकौं देखि जोडिएको भावना, स्मृति, गहिरो लगाव, सुख, दुखसँग जोडिएर बनेको हुन्छ ।  त्यसैले डिजिटल अवतारहरुले यस किसिमको गहिरो भावनाहरुलाई बुझ्न सक्दैनन् । 

डिजिटल अवतारहरु केही पिक्सल्स र कोडका कलेक्सनहरु मात्र हुन् । विहान तपाईंलाई स्वागत गर्ने, केही कुराको सूचना दिने, घर तथा कार्यालयको कामका लागि सहयोग दिने अवतारहरु बैधानिक हुन्छन्  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१