close

यस्तो छ टेलिकमको विण्टर अफरको पोष्टपेड कम्बो प्याक

टेकपाना टेकपाना

माघ ९, २०७६ १२:४४

यस्तो छ टेलिकमको विण्टर अफरको पोष्टपेड कम्बो प्याक

नेपाल टेलिकमले आफ्ना पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि विण्टर अफर अन्तरगत कम्बो प्याक ल्याएको छ । कम्पनीले डेटा, भ्वाइस र एसएमएस सहितका तीन ओटा प्याक सार्वजनिक गरेको हो ।

जसअनुसार टेलिकमका पोष्टपेड प्रयोगकर्ताले १२ सय रुपैयाँमा भ्वाइसमा एक हजार मिनेट नेट टक टाइम र १५० मिनेट अल नेटवर्क टाइम तथा २.५ जीबी डेटा र ३ सय एसएमएस प्राप्त गर्न सक्नेछन् । यो प्याक खरीदका लागि COMBO1200 टाइप गरी १४१५ मा म्यासेज पठाउनुपर्नेछ ।

यस्तै ८ सय रुपैयाँमा प्रयोगकर्ताले ६५० मिनेट नेट टक टाइम तथा एक सय मिनेट सबै नेटवर्कमा कुरा गर्न मिल्ने टक टाइम, एक जीबी डेटा र दुई सय एसएमएस सहितको प्याक पाउनेछन् । यसका लागि COMBO800 टाइप गरी १४१५ मा म्यासेज पठाउनुपर्नेछ ।

यसैगरी ३९० मिनेट नेट टक टाइम, सय मिनेट अल नेट टक टाइम, पाँच सय एमबी डेटा र सय ओटा म्यासेज सहितको कम्बो प्याकका लागि भने पाँच सय रुपैयाँ राखिएको छ । यो प्याक खरीद गर्न COMBO500 टाइप गरी १४१५ मा म्यासेज गर्नुपर्ने हुन्छ । तीन ओटै प्याकेजको मान्य अवधि भने ३० दिन मात्र हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१