close

अब एपबाटै अपरिचितले फोटोको भरमा तपाईं बारे थाहा पाउन सक्छ

टेकपाना टेकपाना

माघ ९, २०७६ १६:४०

अब एपबाटै अपरिचितले फोटोको भरमा तपाईं बारे थाहा पाउन सक्छ

एजेन्सी । तपाई सडकमा हिँडिरहनु भएको छ । कुनै अपरिचित बटुवाले तपाईको अनुहारको तस्विर लिन्छ । त्यसपश्चात तपाईको त्यही तस्विरको आधारमा तत्काल कुनै एपबाट नाम, ठेगाना तथा अन्य तथ्यांकहरु पत्ता लगाउन सक्छ । 

कहिल्यै यस्तो कल्पना गर्नु भएको छ ? क्लियर भ्यू एआई नामको एउटा स्टार्टअपले अब यसलाई सम्भव बनाइसकेको छ । हाल यो एपलाई अमेरिकामा एफबीआई लगायत सयौं कानुन अभियोजक संस्थाहरुले प्रयोग गरिरहेको रिपोर्ट न्युयोर्क टाइम्समा छ । 

क्लियर भ्यू एआईले यसका लागि फेसबुक, युट्युब, भेन्मो तथा विभिन्न साइटहरुमा रहेका ३ अर्ब फोटोहरुको डेटाबेस प्रयोग गरेको छ । यसका लागि उसले ती साइटहरुसँग आफूलाई लिंक गराएर फोटो म्याच गर्छ । ती साइटमा लिंक भईसकेपछि नाम तथा अन्य सूचनाहरु सहजलै अनलाइन मार्फत निकाल्न सकिने क्लियर भ्यूले बताएको छ । 

उक्त क्लियर भ्यू एप हाल सर्वसाधारणका लागि उपलब्ध छैन । आगामी दिनमा उपलब्ध हुनसक्ने भने बताइएको छ । तर गोपनियता पक्षधरहरुले यस्ता एपको चरम दुरुपयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१