close

ई-सेवा प्रयोगगरी एक हजार एक सय ११ रुपैयाँ जित्ने अवसर

टेकपाना टेकपाना

माघ १०, २०७६ ११:०

ई-सेवा प्रयोगगरी एक हजार एक सय ११ रुपैयाँ जित्ने अवसर

काठमाडौं । शनिबार ई-सेवाले आफ्नो ११ औं वार्षिक उत्सव मनाउँदै छ । सेवा सुरु भएको ११ वर्ष पुगेको अवसरमा कम्पनीले एक सय ११ जनालाई एक हजार एक सय ११ रुपैयाँ प्रदान गर्ने भएको हो ।

ई-सेवाले सन् २००९ बाट सेवा सुरु गरेको थियो । हरेक नेपालीमा वित्तिय पहुँच पुर्‍याउने र बिल तिर्ने प्रक्रिया अनलाईन माध्यमबाट सजिलो र सरल बनाउने लक्ष्यका साथ कम्पनी अघि बढेको थियो । यो अवधिमा ८० लाख सेवाग्राही पुगीसकेका छन् भने ७० हजार सेवा प्रदायक र ४५ बैंकसँग ई-सेवा आवद्ध भइसकेको छ ।

सेवा सुरु भएको ११ वर्ष पुगेको अवसर पारेर कम्पनीले नयाँ योजना ल्याएको हो । जसमा शनिबार बिहान ९ बजे देखि बेलुकी ८ बजे सम्ममा ई-सेवा प्रयोग गर्ने एक सय ११ जना भाग्यशाली ग्राहकले एक हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त रकम ग्राहकको ई-सेवा एकाउण्टमै उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१