close

विकीपेडियामा आर्टिकलको संख्या ६ अर्ब पुग्यो

टेकपाना टेकपाना

माघ १०, २०७६ १४:१८

विकीपेडियामा आर्टिकलको संख्या ६ अर्ब पुग्यो

अनलाइन लाइब्रेरी विकीपेडियामा आर्टिकलको संख्या ६ अर्ब नाघेको छ । विकीपेडिया स्थापना भएको अहिले १९ वर्ष लागेको छ । दुई दशकको अवधिमा विकीपेडियाले आफ्नो प्लेटफर्ममा भएको आर्टिकलको संख्या ६ अर्ब पुर्याएको हो ।

१९ औं शताब्दीकी क्यानडेली लेखिका तथा शिक्षिका मारिया इलिसबारेको लेखसँगै शुक्रबार विकीपेडियामा आर्टिकलको संख्या ६ अर्ब पुगेको हो । विकीपेडियाले संसारभरका विभिन्न व्यक्ति र बिषयबारे जानकारीमूलक लेखको संग्रह गर्छ ।

यस्ता लेखामा स्रोतको उद्धृत गरिएको हुनाले कुनै बिषयमा थाहा पाउनेको लागि विकीपेडिया सबैभन्दा सहज पहुँच हुने लाइब्रेरी हो ।

अंग्रेजी बाहेक विकीपेडिया संसारभरका दर्जनौं भाषामा पनि उपलब्ध छ । विकीपेडियाको अंग्रेजी भर्सनमा मात्रै आर्टिकलको संख्या ६ अर्ब पुगेको हो । सबै भाषाको आर्टिकल जोड्ने हो भने यो संख्या धेरै बढी हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१