close

हुवावेमाथि झन् कडा प्रतिबन्ध लगाउने अमेरिकी संकेत

टेकपाना टेकपाना

माघ १०, २०७६ १५:२०

हुवावेमाथि झन् कडा प्रतिबन्ध लगाउने अमेरिकी संकेत

केहि समय अघि हुवावेका संस्थापक रेनले सन् २०२० मा अमेरिकाले हुवावेमाथि अझ ठुलो प्रतिवन्ध लगाउन सक्ने आंकलन गरेको थिए । नभन्दै त्यस्तै हुने देखिएको छ ।

अमेरिकी वाणिज्य सचिव विल्बर रसले हुवावेमाथि ठूलो प्रतिवन्धको तयारी भइरहेको बताएका छन् । उनले अन्तराष्ट्रिय सञ्चार माध्ययम ब्लूमबर्गसँगको कुराकानीमा हुवावेमाथि व्यापारमा थप प्रतिवन्ध लगाउने तयारिमा अमेरिका रहेको उल्लेख गरे ।

त्यसकालागि आन्तरिक गृहकार्य भइरहेको र चाडै उक्त निर्णय सार्वजनि गर्न सकिने समेत बताएका छन् । यहि समयबाट र यहि नै भन्ने भन्ने कुनै एकिन नभएतापनि ह्वावेमाथिको प्रतिवन्ध अझ बढ्ने उनको भनाइबाट प्रष्ट हुन्छ ।

ब्लूमबर्गले जनाए अनुसार अमेरिकालाई कडाइ गर्न १० प्रतिशत भन्दा बढी अमेरिकी सामान प्रयोग गरेर उत्पादन भएको बस्तु बेच्न नपाउने निर्णय गर्न तयारीमा अमेरिका रहेको छ । यसअघि अमेरिकाले त्यसमा २५ प्रतिशतसम्मको सिमा तोकेको थियो ।

अघिल्लो वर्ष अमेरिकाले चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेपछि पनि हुवावेको बिक्री र राजस्व दुवै बढेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१