close

अझै ७५ करोड मानिस मोबाइल इन्टरनेटको पहुँच भन्दा बाहिर

टेकपाना टेकपाना

माघ ११, २०७६ १७:२०

अझै ७५ करोड मानिस मोबाइल इन्टरनेटको पहुँच भन्दा बाहिर

काठमाडौं । पहिलो पटक विश्वमा मोबाइल ब्रोडब्याण्डको पहुँच भएर पनि मोबाइल इन्टरनेट प्रयोग नगर्नेको संख्या भन्दा प्रयोग गर्नेको संख्या बढी भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

मोबाइल इन्टरेनट कनेक्टीभिटी २०१९–ग्लोवल फ्याक्टसिट सार्वजनिक भएको छ । उक्त प्रतिवेनद अनुसार सन् २०१९ को अन्त्यसम्म विश्वमा तीन अर्ब ५० करोड मानिस मोबाइल इन्टरनेटमा जोडिएका छन् । भने, अझै ७५ करोड मानिस मोबाइल ब्रोडब्याण्डको पहुँच भन्दा बाहिर रहेको उल्लेख गरिएको छ ।

‘मोबाइल ब्रोडब्याण्ड पुगेको स्थानमा पनि इन्टरनेट प्रयोग नगर्नुको प्रमुख कारण डिजिटल स्किल र ज्ञानको कमी हाे’, प्रतिवेदनमा उल्लेख छ । त्यसका साथै क्रय क्षमतालाई पनि एक कारणको रुपमा हेरिएको छ । प्रतिवेदन अनुसार कम प्रतिव्यक्ती आम्दानी भएका मुलकमा महिला र पुरुषबिचमा ठुलो डिजिटल ग्याप देखिएको छ ।

त्यस्ता देशहरुमा मोबाइल इन्टरनेट प्रयोग गर्नेमा पुरुषको संख्या बढी छ । महिला भन्दा २३ प्रतिशत बढी पुरुषले मोबाइल ब्रोडब्याण्ड प्रयोग गर्ने गरेका छन् । त्यसमध्य पनि ग्रामीण भेगमा यो खाडल अझ बढी रहेको जनाइएको छ । ग्रामीण भेगमा ४० प्रतिशतको खाडल रहेको उल्लेख छ ।

प्रतिवेदन अनुसार यो अवधिमा मोबाइल नेटवर्क पुगेको स्थानमध्य ९० प्रतिशतमा थ्रिजी र ७९ प्रतिशत स्थानमा फोरजी नेटवर्क विस्तार भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१